नलगाडमा एक लाख राशीको खुल्ला फुटबल प्रतियोगिता हुने

दिपेन्द्र शर्मा
जाजरकोट, १२ असोज ।
जिल्लामा अहिले सम्मकै सर्वाधिक ठुलो धनराशिको खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । नलगाड नगरपालिकाको दल्लीमा त्रिवेणी यूवा क्लवको आयोजनामा सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुन लागेको हो ।

नेपालीहरुको महान चाड वडा दशैंको अवसर पारी क्लवले आकर्षण पुरस्कार सहितका खेल प्रतियोगिताहरु राखेको आयोजक त्रिवेणी युवा क्लवका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । उनका अनुसार खुल्ला पुरुष फुटबल प्रतियोगितामा विजेताले १ लाख कप मेडल र प्रमाण पत्र पाउनेछ भने उप विजेताले ५० हजार मेडल र प्रमाण पत्र पाउनेछ । दर्ता शुल्क १० हजार रहेको छ । पहेलो कार्ड र रातो कार्डमा १००० हजार थप्नुपर्नेछ ।

त्यस्तै, खुल्ला वडास्तरीय पुरुष भलिवल प्रतियोगितामा प्रथम, दृतिय र तृतियले क्रमश ३५ हजार, २५ हजार र १५ हजार पुरस्कार पाउनेछन् । प्रथमले कप, मेडल र प्रमाणपत्र पाउनेछ भने दृतिय र तृतियले मेडल र प्रमाणपत्र पाउनेछन् । दर्ता शुल्क ३ हजार ५०० रहेको छ ।

त्यस्तै, खुल्ला पुरुष ब्याडमिन्टन तर्फ प्रथम पुरस्कार २५ हजार कप, मेडल र प्रमाण पत्र रहेको छ भने द्धितीय पुरस्कार १५ हजार, तृतीय पुरस्कार ८ हजार मेडल प्रमाण पत्र रहेको छ ।

दर्ता शुल्क २ हजार ५ सय लाग्नेछ । दर्ता गर्ने अन्तिम मिति असोज २९ गते सम्म रहेको छ । खेल सञ्चालन असोज ३० गते बाट सुरु हुनेछ । प्रत्येक त्रिवेणी यूवा क्लवले त्रिवेणी गोल्ड कप सञ्चालन गर्दै आएको अध्यक्ष सिंहले बताए ।

नलगाडमा एक लाख राशीको खुल्ला फुटबल प्रतियोगिता हुने

जसपा कर्णाली प्रदेश अध्यक्षमा देवीकृष्ण न्यौपाने

नलगाडमा एक लाख राशीको खुल्ला फुटबल प्रतियोगिता हुने

कर्णालीका दुई सय २७ जनाविरुद्ध विशेष अदालतमा