गुर्भाकोट चिनारीः फोटो, भिडियो प्रतियोगिता हुदै
दिलिप ढकाल
सुर्खेत ।
सामाजिक संजालमा सक्रिय एवं सामाजिक कार्य गर्दै आएको गुर्भाकोट ग्यालरीले आफ्नो तेस्रो बार्षिकोत्सवको अवसरमा गुर्भाकोट चिनारीः फोटो, भिडियो प्रतियोगिता संचालन गर्ने भएको छ ।
गुर्भाकोट नगरपालिका भित्रका बिगतको परिवेश, ईतिहास, परम्परा, सस्कृति ,चालचालन, रितिरिवाज, भेषभुषा, भूगोल, मानव क्रियाकलाप, वस्तुस्थिति आदिका सम्बन्धमा भएका तस्विर र भिडियो सामाग्री संकलन र आम सर्वसाधारणको जानकारीको लागी गुर्भाकोट ग्यालरी नामक सामाजिक संस्थाको पहल तथा आयोजनामा नियमित हुने गरि पहिलो पटक गुर्भाकोट चिनारीःफोटो, भिडियो प्रतियोगिता संचालन गर्न लागेको गुर्भाकोट ग्यालरीले जानकारी दिएको छ ।
प्रतियोगितामा प्रतिस्पर्धीले देखाउने भिडियो वा फोटो परम्परागत गुर्भाकोट नगरपालिका भित्रको हुनु पर्नेछ ।
प्रतियोगिताको नियम भित्र रही प्रतिस्पर्धीले आफ्नो प्रतिस्पर्धी सामाग्रीका विवरण समेत स्पष्ट खुलाई पठाउनु पर्ने छ ।
प्रतिस्पर्धीका लागी प्रतियोगीले सस्थाको इमेल वा म्यासेज गर्न सकिनेछ ।
साथै प्रस्तिस्पर्धिले आफ्नो प्रस्तिपर्धि सामाग्री २०८० असोज २५ गते सम्म पठाईसक्नु पर्नेछ । प्रतियोगितामा प्रथम हुने लिई चार हजार चार सय ४४ रुपैया, द्वितीय हुनेलाई तीन हजार तीन सय ३३ रुपैया र तृतीय हुनेलाई दुई हजार दुई सय २२ रुपैया नगत सहित प्रमाण पत्रले सम्मान गरिनेछ ।
गुर्भाकोट ग्यालरीको आयोजनामा हुने गुर्भाकोट चिनारीः फोटो, भिडियो प्रतियोगिता को सहयोगीमा रेसमा डेन्टल होम मेहेलकुना, साहारा ईङलिस् मिडियम स्कुल बोटेचौर, कर्णाली ड्रागन फ्रुट फर्म गुमी र बिजी एफ एम जहरे रहेका छन् ।