२०८२ बैशाख १७ गते
×

Now Playing

पशु र कृषिलाई डिजिटल बनाउँदै जियो कृषि

सुर्खेत । सुर्खेतका तीन वटा पालिकालाई जियो कृषि माेवाइल एपमार्फत पशु र कृषि सेवालाई डिजिटल बनाउँन लागिएको छ । जिल्लाका भेरीगंगा नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकाका कृषकलाई प्रविधिमा जोड्ने उद्देश्यले जियो कृषिले डिजिटल कृषि तथा पशु परामर्श केन्द्र (जियो कृषि मोवाइल एप) को सुरुवात गरेको हो ।

उक्त मोवाइल एपमा मौसम सम्बन्धि जानकारी, कृषिजन्य वस्तुको बजार मूल्य, असल कृषि अभ्यास, मलखादको उचित प्रयोग, कृषक डायरी, बालि तथा पशु स्वास्थ जाँच, जलवायुमैत्री कृषिमैत्री सम्बन्धि जानकारी सजिलैसँग लिन सकिन्छ । कृषि र भेटेरेनरी शाखाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु अनलाइन र अफलाई दुवै माध्ययमबाट एपबाट सजिलै सँग लिन सक्नेगरी डिजाईन गरिएको छ ।

किसानलाई कुन समयमा के रोप्ने ?, कहिले रोप्ने ?, कसरी रोप्ने ? कसरी भण्डारण र संरक्षण गर्ने ? कहिले विक्रि गर्ने ? कहाँ बेच्ने ? कतिमा बेच्ने ? लगायतका विषयहरुमा एपमार्फत घरबाटै थाहापाई कृषकको सान्दर्भिक निर्णय लिने क्षमता वृद्धि र विकास गर्ने उद्देश्य मोवाइल एपको रहेको जियो कृषिका प्रतिनिधि टोपेन्द्र थापाले जानकारी दिए ।

भेरीगंगा नगरपालिका १ का कृषक चन्द्रबहादुर बिसीले उक्त एपको प्रयोगबाट कृषि र पशुसँग सम्बन्धित सम्पूर्ण जानकारी लिन सजिलो भएको बताए । बिरुवा तथा पशुहरूमा रोग देखिँदा कृषि शाखा वा भेटेनरीमा जानुपर्ने बाध्ययता एपको प्रयोगबाट हटेको उनको भनाई
थियो ।

‘कुन बालि कुन बेला लगाउने भनेर एपमा राखेमा लगाउने समयको जानकारी पाइन्छ,’ उनले भने, ‘गोड्ने, मल हाल्ने बेला बिर्सिए पनि एपले सम्झाउँछ । बजार मूल्यको सहि जानकारीले हामीले उत्पादन गरेका कृषिवस्तुले उचित मूल्य पाउन सफल भएका छौं ।’ मोवाइल एममार्फत किसानलाई मात्र नभई कृषि तथा पशुका प्राविधिकलाई समेत सहज भएको कृषि शाखा भेरीगंगामा कार्यरत प्राविधिक दुर्गबहादुर चौधरी बताउँछन् ।

शुक्रवार मोवाइल एप बारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले किसानलाई प्रविधिमैत्री बनाउने आफ्नो योजनामा एपले ठुलो योगदान दिने बताए । कृषि र पशुलाई डिजिटल बनाउदा प्रवधि ट्रान्फर भएर कृषि प्रविधिमैत्री बन्ने भन्दै युवालाई समेत कृषिमा लगाउने खालका कार्यक्रम गर्न प्राविधिक साक्षरतामा जोड दिनुपर्ने ढकालको भनाई थियो ।

‘समयको बचत, तत्काल लाभ, प्राविधिकलाई सहज यो एकदमै प्रभावकारी हुने मैले ठानेको छु,’ उनले भने, ‘प्रचार प्रसार गरी सबैलाई पशु र कृषिमा कम्तीमा ६ महिना डिजिटल लिट्रेसीको काम गर्न जरुरी छ । यसले सिकाई र प्रयोगमा महत्वपूर्ण भूमिका खेल्दछ । यसमा हामी पूर्णरुपमा सकरात्मक छौं ।’

पशु र कृषिलाई डिजिटल बनाउँदै जियो कृषि

सडक सुरक्षामा सचेत बनौं !

Leave a comment

Your email address will not be published. Required fields are marked *