एमालेले आज ‘शहीद स्मृति कार्यक्रम’ गर्दै

काठमाडौं,१४ माघ ।

नेकपा (एमाले) ले आज शहीद स्मृति कार्यक्रम आयोजना गरेको छ। जहानियाँ राणा शासन अन्त्यका लागि शहादत प्राप्त गरेका वीर शहीदहरूको सम्मानमा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आज शहीद स्मृति दिवस मनाउन लागिएको एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिए।

उनका अनुसार वि.सं. १९९७ मा शहादत प्राप्त गरेका शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द र गंगालालप्रति सम्मान प्रकटगर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरी शहीद दिवस मनाउन लागिएको हो । कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी हुनेछन्।

शहीदहरूको सम्झना र सम्मानमा सरकारले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउँदै आएको छ । शहीदको बलिदानीबाट नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको, संविधानसभाले संविधान जारी गरेर नेपालीलाई अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै एमालेले नेपालको राजनीतिक, सामाजिक, न्यायिक अधिकार प्राप्तिका लागि शहीदले गरेको बलिदानीको स्मरण गर्न लागेको हो । सुखी नेपाली, समृद्ध नेपाल’ को लक्ष्य प्राप्त गर्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने एमालेले जनाएको छ।

अन्नपुर्ण 

एमालेले आज ‘शहीद स्मृति कार्यक्रम’ गर्दै

दसौं राष्ट्रियको तयारीमा कर्णाली

एमालेले आज ‘शहीद स्मृति कार्यक्रम’ गर्दै

फुकोट हाइड्रोको परीक्षण सुरुङ अन्तिम चरणमा

Leave a comment

Your email address will not be published. Required fields are marked *