लागुऔषध प्रयोगकर्तामा महिलाको संख्या बढ्दै

सुर्खेत । सोमवार मात्र प्रहरीले कर्णालीको प्रवेशद्वार छिन्चु बजारक्षेत्रबाट लागुऔषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गर्याे । मोटरसाइकलमा नेपालगञ्जदेखि सुर्खेत आउँदै गरेका ति दुई युवकबाट प्रहरीले पाँच पुरिया लागुऔषध वरामद ग¥र्यो । भेरीगंगा नगरपालिका–१०, छिन्चु बजार क्षेत्रमा चेकजाँचका क्रममा पक्राउ परेका उनीहरु दुवै जना वीरेन्द्रनगर–१ निवासी २३ र २७ वर्षका युवाहरु थिए ।

पछिल्लो यो घटना उदाहरण मात्र हो । कर्णालीमा खासगरी सुर्खेतमा अहिले लागुऔषध प्रयोगकर्ताहरुको संख्या बढ्दैछ । कर्णालीमा वर्षेनी सैयौँको संख्यामा युवाहरु लागुऔषध सहित पक्राउ परिरहेका छन् । कर्णाली प्रदेश प्रहरीको तथ्यांक हेर्ने हो भने कर्णालीमा हाल एक हजार आठ सय ११ जना लागुऔषधको प्रयोगकर्ता सक्रिय छन् । त्यसैगरी विगत तीन आर्थिक वर्षमा प्रहरीले चार सय ५८ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ ।

यि मध्य ३८ जना महिला हुन् । प्रतिशतका आधारमा हेर्दा पक्राउ परेका मध्य आठ प्रतिशत बढी महिलाको संख्या देखिन्छ । कर्णालीमा कुल एक हजार आठ सय ११ जना लागुऔषध प्रयोगकर्ता हुँदा ४३ जना महिला छन् ।

२०७७/०७८ मा १७ जना, २०७८/०७९ मा आठ जना र २०७९/०८० को हालसम्ममा १३ जना महिलालाई प्रहरीले लागुऔषध मुद्दामा पक्राउ गरेको कर्णाली प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ का अनुसार नेपालमा एक लाख ३० हजार चार सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेको देखिन्छ । यसअघि २०६९ मा गरिएको सर्वेक्षणमा ९१ हजार पाँच सय ३४ जना लागुऔषध प्रयोगकर्ता थिए ।

प्रतिवेदनका अनुसार लागुऔषध प्रयोगकर्ताको संख्यामा वार्षिक रुपमा पाँच दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएको देखिन्छ । चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्ममा कर्णालीमा प्रहरीले लागुऔषधमा ९३ वटा मुद्दा दर्ता गरेको छ ।

यसका साथै एक सय ९९ ग्राम बढी लागुऔषध (ब्राउन सुगर) वरामद गरिएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । लाागुऔषध सहित पक्राउ परेकाहरुमा एक सय ५९ जनालाई मुद्दा चलाएको प्रहरीले जनाएको छ ।

प्रहरीले २०७९/०८० को हालसम्ममा सात सय ६० ग्राम गाँजा, एक सय ६० ग्राम चरेश र एक सय ७० ग्राम हिरोइन बरामद समेत गरेको छ । यसैगरी औषधि जन्य लागुऔषध तर्फ एक सय ४४ थान नाइट्राभेट, ५४ थान स्पाज्मो, ६३ थान ट्रामा र १० थान अन्य ट्याब्लेट बरामद भएको कर्णाली प्रदेश प्रहरीको तथ्यांक छ ।

नियन्त्रण गर्न कानून बनाउँछौः कानून मन्त्री जिसी

कर्णालीको आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले लागुऔषध नियन्त्रणका लागि आवश्यक कानून, कार्यविधि तथा योजनाहरु बनाउन ढिलो गर्न नहुने बताए । ‘अब हामी सरुवा रोग जस्तो लागुऔषधलाई नियन्त्रण गर्न आवश्यक कानून बनाउने काम गर्छौं ।

यसलाई न्यूनिकरण गर्नका लागि आवश्यक संयन्त्र निर्माण गर्छौं’, उनले भने, ‘यसको नियन्त्रण गर्न लागुऔषध विरुद्ध सामाजिक अभियानकै रुपमा विद्यालय, घरपरिवार र समाजमा लैजान आवश्यक छ ।’

गाँजा र अफिम खेति नष्ट गर्ने अभियानमा प्रहरी

प्रहरीले सञ्चालन गरेको लागुऔषध खेति नष्ट गर्ने अभियान अन्र्तगत २०७९/०८० मा आठ सय पाँच रोपनी जग्गा क्षेत्रफलमा लगाइएको गाँजा खेति नष्ट गरेको गरिएको छ । यसका साथै फरक फरक स्थानमा तीन सय ४२ रोपनी जग्गामा लगाइएको अफिम खेति प्रहरीले नष्ट गरेको छ ।अफिम खेति नष्ट गरिएका जिल्लाहरुमा डोल्पामा १० रोपनी, जाजरकोटमा दुई सय ६६ र रुकुम पश्चिममा ६६ रोपनीमा लगाइएको अफिम खेति नष्ट गरिएको हो ।

यातायातसँगै आगुऔषध भित्रियोः प्रहरी

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले कर्णालीमा हरेक वर्ष लागुऔषध प्रयोगकर्ता र कारोवारीको जालो फैलिदै गएको बताउछन् । ‘जब यातायात पुग्छ, त्यहाँ यसको कारोवार बढदै गइरहेको छ’ प्रहरी नायव महानिरीक्षक ढकालले भने, ‘यो नियन्त्रणका लागि प्रहरी एक्लैले चाहेर मात्रै नहुने केही हुँदैन, यदि तपाईहरुलाई शंका लागेको खण्डमा प्रहरीलाई खबर गर्ने खालको समुदाय बनाउन जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।’

लागुऔषध प्रयोगकर्तामा महिलाको संख्या बढ्दै

YUGAAWHAN NATIONAL DAILY (2080-03-12)

लागुऔषध प्रयोगकर्तामा महिलाको संख्या बढ्दै

YUGAAWHAN NATIONAL DAILY (2080-03-11)

Leave a comment

Your email address will not be published. Required fields are marked *