केस्ट माइको लाइफ इन्स्योन्स लिमिटेडको लघु जीवन बीमा सेवा सुरु

सुर्खेत । केस्ट माइको लाइफ इन्स्योरेन्स लिमिटेडले लघु जीवन बीमा सेवाको औपचारिक थालनी गरेको छ। सुर्खेतको वीरेन्द्रनगरमा बुधवार आयोजित एक समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले कम्पनीको औपचारिक कारोबार उद्घाटन गरेका हुन् ।  समारोहलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले नियामकीय प्रबन्धहरुको अनुपालना गर्दै तल्लो तहसम्म बीमा सेवा पुयाउन कम्पनीलाई सुझाव दिए।

प्राधिकरणले नियमन र सहजीकरण दुवैलाई समानान्तर रुपमा लैजाने पनि उनले बताए । समारोहका सभापति तथा कम्पनी अध्यक्ष ऋषिराज मोरले समारोहमा उपस्थित सबैलाई धन्यवाद दिदै जीवन बीमालेखको वास्तविक आवश्यकता भएका न्यून आयका गरीब, तल्लो तह, पिछाडिएका वर्ग र समुदाय तथा परम्परागत बीमा कम्पनीमा समेटिन नसकेका वर्गलाई लघु जीवन बीमा सुविधा उपलब्ध गराई उनीहरुको आर्थिक सुरक्षाको लक्ष्य लिएर कम्पनी स्थापना गरेको जानकारी दिए ।

परम्परागत बीमा कम्पनीले खासै ध्यान नदिएका उक्त वर्गलाई न्यून बीमा शुल्कमा स-सानो बीमांकको बीमालेख जारी गरी उनीहरुको भौतिक जोखिम बहन गर्ने र आर्थिक सुरक्षा दिने लक्ष्य कम्पनीको रहेको उहाँले बताउनुभयो । कम्पनीले अत्याधुनिक प्रविधि प्रयोग गरी दूरदराजका गाउँबस्तीसम्म आफ्ना बीमालेख पुयाउने पनि उनले बताए ।

लघु जीवन बीमाको माध्यमबाट देशमा छरिएर रहेको पुँजी एकीकृत गरी राष्ट्रको पुँजी निमार्णमा योगदान गर्न सकिने धारणा अध्यक्ष मोरले व्यक्त गर्नुभयो । कम्पनीमा चुस्त दुरुस्त संस्थागत सुशासन तथा पारदर्शिता कायम राखी प्रभावकारी काम कारवाहीमार्फत कम्पनीको प्रतिष्ठा उकास्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष मोरले कम्पनी स्थापनाको क्रममा प्राप्त सहयोगका लागि नेपाल बीमा प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय लगायत अन्य सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन गरे।

कम्पनीका प्रमुख कार्यकारी अधिकत प्रतापमान श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गर्दै कम्पनीबारे जानकारी दिएका थिए । कम्पनीले विकास गरेको ग्राहकमैत्री प्रविधिमार्फत दूरदराजका गाउँको आवश्यकता अनुसारका बीमा योजना कम बीमाशुल्कमा सजिलै प्राप्त गर्न सकिने सुविधा रहेकोउनले जानकारी दिए । कम्पनीले प्रस्तुत गर्ने कम बीमा शुल्कका बीमा योजनाबाट लक्षित वर्ग आर्थिक रुपमा लाभान्वित हुने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ ।

विद्यमान र आगामी दिनमा आउन सक्ने चुनौतीप्रति लक्ष्य गर्दै उहाँले भन्नुभयो, ‘प्रतिष्ठित र स्थापित ठूला जीवन बीमा कम्पनीहरुबाट आउने चुनौतीलाई स्पष्ट उद्देश्य, बलियो मनोबल र संकल्पले अवसरमा परिवर्तन गर्न सकिन्छ ।’ उहाँले लघु बीमाको तथ्यांकलाई सही विश्लेषण र व्यवस्थापन गरेर अघि बढ्ने प्रतिबद्धता गरे ।

कम्पनीको जनशक्तिमा लगानी गर्नुका साथै प्रोत्साहित गर्ने, निरन्तर सिक्ने तथा कारोबारको आकार बढाउने संस्कारलाई प्रोत्साहित गरेर प्रभावकारी समूह निर्माणमा आफू लागिपर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे । सो अवसरमा माननिय सभासद गमती वि.क., माननिय सभासद तुल्सा मल्ल, पूर्व सभासद सुशिल कुमार थापा वीरेन्द्रनगर न.पा.का उप-मेयर निलकण्ठ खनाल, नेपाल बीमा प्राधिकरणका कर्णाली प्रदेश प्रमुख पदम प्रसाद सोडारी लगायतले कम्पनीको सफलताको कामना गरेका थिए ।

केस्ट माइको लाइफ इन्स्योन्स लिमिटेडको लघु जीवन बीमा सेवा सुरु

YUGAAWHAN NATIONAL DAILY (2080-04-10)

केस्ट माइको लाइफ इन्स्योन्स लिमिटेडको लघु जीवन बीमा सेवा सुरु

जेब्रा क्रसिङ्ग मै रोकिन्छन् गाडी, ट्राफिक नियमप्रति

Leave a comment

Your email address will not be published. Required fields are marked *