सन्दीपविरुद्धको मुद्दा हेर्दा हेर्दैमा

सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा सुनुवाइ नसकिएपछि मुद्दालाई हेर्दा हेर्दैमा राखिएको छ ।

जिल्ला अदालत काठमाडौंमा दायर बलात्कार मुद्दाको अन्तिम सुनुवाइ जारी रहेको छ । लामो सयमदेखि अदालतमा अड्किएको यो मुद्दामा आइतवार भएको सुनुवाइ नसकिएपछि यो हेर्दा हेर्दैमा राखिएको हो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा आइतवार पहिला पीडिततर्फबाट सरकारी वकिलले बहस गरेका थिए ।

सरकारी वकिलले बहस सकेपछि पीडितका निजी कानुन व्यवसायीले पनि बहस गर्ने तालिका छ । पीडितका तर्फबाट बहस पूरा भएपछि अभियुक्त सन्दीपका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् ।
मुद्दाको अन्तिम सुनुवाइ सकिएपछि सन्दीपको मुद्दाले किनारा पाउनेछ ।

सन्दीपविरुद्धको मुद्दा हेर्दा हेर्दैमा

एमालेको ‘संकल्प यात्रा’ को उपलब्धि सार्वजनिक

सन्दीपविरुद्धको मुद्दा हेर्दा हेर्दैमा

टिकट वितरण पारदर्शी बनाउने निर्णय