पालिका स्तरीय भलिबल छनौट खेलमा बनगाड प्रथम


३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सल्यानको बनगाड कुपिण्डे नगरपालिका प्रथम भएको छ ।

यहि मंसिर २० गते देखि २५ गते सम्म कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा संचालन हुने ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितालाई मध्यनजर गर्दै सल्यानमा पालिका स्तरीय छनौट खेल आयोजना गरिएको थियोे ।
यहि मंसिर ७ गते देखि ९ गते सम्म कर्णाली प्रदेश स्तरिय छनौट खेल आयोजना हुदै छ ।

उक्त खेलमा खेलाडी छनौटका लागि यस प्रतियोगितामा त्रिवेणी–६ लुहाम र सल्यान बिच मंसिर ४ गते देखि ६ गते सम्म आयोजना गरिएको थियोे ।

छनौट खेलमा सल्यान जिल्लाका ९ वटा पालिकाबाट टिम सहभागी भएको थिए ।उक्त खेलमा वनगाड कुपिण्डे नगरपालिकाको टिम प्रथम हुन सफल भएको छ । पालिकाकाले खेलाडीहरुका लागिसम्पूर्ण खर्च व्यहोरेको थियोे ।

पालिका स्तरीय भलिबल छनौट खेलमा बनगाड प्रथम

लागुऔषध ब्राउनसुगर सहित एक जना पक्राउ