‘सोल्डरिंग आइरन’को सीपसँगै हुर्किएका जनक

सुर्खेत । वीरेन्द्रनगरमा अहिले ‘एप्पल ब्राण्ड’का मोवाइल तथा ल्याटपहरु मर्मत तथा बिक्रिमा राधा मोवाइल सर्भिस सेन्टर चर्चित व्यवसाय मध्येको एक हो । करिव ५० लाख पूँजिमा पहुँचमा रहेको सर्भिस सेन्टर सञ्चालनको पछाडी एक व्यक्तिको जीवनकाल जोडिएको छ ।

वीरेन्द्रनगर–६, लक्ष्मीहल लाइन मार्फत सेवा प्रवाह गरिरहेको सर्भिस सेन्टरलाई यो उचाईंमा पु¥याउन यसका सञ्चालन जनक रेग्मीको योगदान छ । उनी आफैमा व्यवसाय सञ्चालनक हुन् र सर्भिस सेन्टरको महत्वपूर्ण प्राविधिक जनशक्ति पनि । मोवाइल र ल्यापटपमा करिव १८ वर्षसम्मको लगावले जनक अहिले सुर्खेतमा इलेक्ट्रोनिक्स व्यवसायमा जमेका छन् ।

वि.सं. २०६२ सालमा पहिलो पटक जनकले टेलिभिजन मर्मत सम्बन्धिको तालिम लिएका थिए । बाँके स्थित भेरी प्राविधिक शिक्षालयमा उनले करिक एक महिनाको तालिम लिए । सो पछि अहिले पनि उनी नयाँ–नयाँ प्रविधिका विषयमा जानकार भईरहन्छन् ।

प्रविधिसँगै आफुलाई दक्ष बनाएका उनीसँग हाल आईफोन ब्राण्डका सामाग्री मर्मतका लागि उपभोक्ता मात्रै होइन सुर्खेतमा सञ्चालित उस्तै प्रकृतिका सर्भिस सेन्टर समेत आईपुग्छन् । वीरेन्द्रनगर–१० निवासी उनी मोवाइल तथा ल्यापटप सम्बन्धिको सीप क्षमता विकासलागि विभिन्न शहरहरु पुगेको अनुभव छ ।

उनको गृह जिल्ला सुर्खेत लगायत बाँके, काठमाण्डौ तथा भारतका विभिन्न शहरमा काम र तालिम लिएको उनीसँग अनुभवहरु छन् । यि स्थानमा सोहि प्रकृतिका व्यवसायमा उनले कामदार तथा तालिमी कामदारका रुपमा समेत अनुभव बटुलेका छन् । वि.सं. २०६८ बाट भने जनकले राधा मोवाइल सर्भिस सेन्टर सञ्चालनमा ल्याएका हुन् । सो अघि अन्यसँग व्यवसायमा साझेदारी मार्फत समेत उनले मोवाइल मर्मत सेन्टर चलाएका थिए । २०६८ सालमा करिव पाँच लाख रुपैयाँ बढी लगानीमा शुरु भएको राधा मोवाइल सर्भिस सेन्टर अहिले १० गुणा बढीको कुल पूँजिमा पुगेको छ ।

लगनशिलता र ज्ञानको अद्यावधिक हुनुपर्छ

सीप मात्र भएर पनि नेपालमा व्यवसाय सञ्चालन गर्न सम्भव नभएको उनको अनुभव छ । लगानीसँग सीपमा समेत अद्यावधिक हुनुपर्ने उनी बताउँछन् । उनले भने, ‘अहिले प्रविधि दिनानुदिन फेरिदै छ । हामी पनि प्रविधिसँगै फेरिनु आवश्यक छ ।’

सुरुका समयमा मोवाइल क्षेत्रमा ‘सोल्डरिंग आइरन’, ‘हटगन’ लगायतहरु महत्वपूर्ण औजार थिए । प्रविधिको विकाससँगै मोवाइल मर्मतमा समेत विविधता आएका छन् । मोवाइलका बनावट, यसका प्रविधि तथा यसको पाटपूर्जामा फेरबदल भईरहन्छन् ।

यसविच जनकले समेत आफुलाई सीपको ज्ञानमा अद्यावधिक गर्दै लिएका छन् । त्यसैले ‘सोल्डरिंग आइरन’सँग जनकको १८ वर्ष भन्दा धेरै समयको नाता छ । यसैसँग रहेर उनले सीपको विकास गरे र आफुलाई स्थानीय स्तरमै व्यवसायीका रुपमा परिचित गराए ।

मोवाइल र ल्यापटप भित्र समेत धेरै विविधता छन् । यसका निर्माता तथा उत्पादक कम्पनी समेत फरक–फरक छन् । सीपको दक्षताको रुपमा भने जनकले एप्पल ब्राण्ड नै छनौट गरे । ‘मोवाइलमा हामीले सबै सेवा दिन सक्छौ । तर, एप्पल नै रोज्नुको कारण चाहि एउटै क्षेत्रमा भित्रै घुसेर ग्राहकलाई सुविधा दिनु हो’, उनले भने ।

जस कारण हालको समयमा उनको सर्भिस सेन्टरमा एप्पल ब्राण्डका उपभोक्ता मात्र नभएर अन्य मोवाइल पसलका सञ्चालक समेत सेवा लिन आउँछन् । ‘आफ्नोमा बनाउन नसकेपछि मोवाइल पसलका मान्छेहरु ग्राहकका मोवाइल लिएर हाम्रोमा पनि आउँनुहुन्छ’, उनले भने ।

नयाँ पुस्तालाई अवसर नै अवसर

सुर्खेतमा अहिले धेरै संख्यामा मोवाइल तथा ल्यापटप सर्भिस सेन्टर खुलेका छन् । यसको मतलव यो पनि होइन कि, अव यस क्षेत्रको लक्ष्य बनाएकालाई भविष्य नै छैन । जनक भन्छन्, ‘अहिले पनि तपाईं कुनै मोवाइल मर्मत गर्नु खोज्नुभयो भने । सबै मोवाइल पसलमा सबै सामान नै पाइदैन ।’

प्रविधिको विकासक्रमसँगै यस क्षेत्रका व्यवसायमा सबै सामाग्री एकै स्थानमा राख्न समेत सम्भव छैन । एकै स्थानमा सम्पुर्ण पाटपुर्जा राख्नु परेमा यहाँ धेरै लगानीको आवश्यक पर्छ । कर्णालीको बजारलाई हेर्दा एकैजनाले त्यतिको मात्रामा धेरै लगानी गर्दा समेत सम्भव नहुँने उनको भनाई छ । त्यसैले आगामी पुस्ताका लागि समेत यस क्षेत्र सम्भावनाले भरिएको उनले बताए । सीपको विकास गर्दै सानो लगानीबाट सुरु गरेपनि इलेक्ट्रोनिक्स व्यवसायमा अझै जीवनयापनको अवसर रहेको उनी बताउँछन् ।

सीपले दियो दोहोरो परिचय

राधा मोवाइल सर्भिस सेन्टरमा जनक मालिक पनि हुन्, कामदार पनि । अहिले उनको सर्भिस सेन्टरमा उनीसँगै चार जना रोजगारीमा जोडिएका छन् । उनकी श्रीमतिले बिक्रि सेवा तर्फ समेत सहयोग गर्छिन् । अन्य दुई जना प्राविधिक कर्मचारी पनि छन् ।

उपलब्ध जनशक्तिमा व्यवस्तता बढ्दा जनक अहिले पनि आफै मोवाइल तथा ल्यापटप मर्मतको काम गर्छन् । प्राविधिक कर्मचारीलाई मर्मतमा समस्या भएमा उनी आफैले सहयोग र रेखदेख गर्छन् । त्यसैले जनक कामदार र मालिक दुवै हुन् । उनीसँग सीपले दिएको दोह्रोरो परिचय छ ।

तालिम केन्द्र खोल्ने योजना

व्यवसाय विस्तारका क्रममा उनीसँग तालिम केन्द्र सञ्चालन गर्ने योजना पनि छ । हाल सञ्चालनमा रहेको राधा मोवाइल सर्भिस सेन्टर लाई परिस्कृत गर्दै मोवाइल तथा ल्यापटप मर्मतको तालिम समेत सञ्चालन गर्ने योजना रहेको उनले बताए । ‘यो लगनशिल भएर गर्ने काम हो । धेरै व्यवसायीमा अत्तिने समस्या हुन्छ । तर मेहनत गर्दै गयो भने एकदिन यसैले दाम र नाम दुवै दिन्छ’, तालिमको कुरा गर्दै उनले भने, ‘सुर्खेतमा मोवाइल मर्मतका लागि विशेष तालिम दिने संस्था छैनन् । हामी हाम्रो अनुभव सँगै प्रयोगात्मक तालिम दिन चाहन्छौँ ।’

सैद्धान्तिक ज्ञानले मात्र मोवाइल तथा ल्यापटप मर्मतका क्षेत्रमा प्राविधिक कर्मचारी बन्न सम्भव हुदैन । बढि भन्दा बढी प्रयोगात्मक ज्ञान वृद्धि गर्नुपर्ने भएकाले उनले तालिम केन्द्र सञ्चालन गर्ने योजना बनाएका छन् । हाल उनको व्यवसायमा मर्मत सेवा तर्फ उपभोक्ताको कमी छैन । यसैलाई प्रयोग गर्दै प्रशिक्षार्थीका लागि प्रयोगात्मक कक्ष निर्माण गर्दा तालिम केन्द्र सञ्चालन असम्भव नरहेकोे उनले बताए ।

‘सोल्डरिंग आइरन’को सीपसँगै हुर्किएका जनक

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्न थाल्यो

‘सोल्डरिंग आइरन’को सीपसँगै हुर्किएका जनक

मुगुमा पहिलो अन्तराष्ट्रिय बिश्व हिन्दुमहासंघ र ॐ

Leave a comment

Your email address will not be published. Required fields are marked *