पिकअप हाइलेक्स दुर्घटना हुँदा चारको मृत्यु, एक गम्भिर

सुर्खेत, ८ माघ ।

वीरेन्द्रनगर–११ झुप्राखोला नजिक रत्नराजमार्गमा डबल क्याप हाइलेक्स गाडी दुर्घटना भएको छ । दुर्घटनामा पनि चार जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा.प्र. ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स गाडी आइतबार विहान २ः३० बजे अनियन्त्रित भई सडकदेखि ७०/८० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको र उपचारका क्रममा चार जनाको मृत्यु भएको जनाइएको छ ।

२७ बर्षिय सागर शाही, दैलेख डुङ्गेश्वर गा.पा.–५ बस्ने बर्ष ३३ का दिपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गा.पा.–५ बस्ने बर्ष ३१ को बविन शाही, दैलेख गराँस गा.पा.–३ बस्ने बर्ष ३६ को राजेन्द्र विसीको उपचारका क्रममा निधन भएको प्रहरीको भनाई छ ।

त्यसैगरी दैलेख भैरवी गा.पा.– ५ बस्ने बर्ष २६ को बिरेन्द्र राज शाहीको छातीमा गम्भिर चोट लागेको हुँदा बोल्न सक्ने उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

पिकअप हाइलेक्स दुर्घटना हुँदा चारको मृत्यु, एक गम्भिर

संवैधानिक परिषद् पूर्ण कि अपूर्ण ?

Leave a comment

Your email address will not be published. Required fields are marked *