कर्णालीका १६ क्याम्पसको नतिजा सार्वजनिक हुँदा नेविसंघको वर्चश्व

सुर्खेत । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को आइतबार भएको निर्वाचनमा कर्णालीका १६ वटा क्याम्पसहरुको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांगेस निकट नेपाल विद्यार्थी संघले ९ स्थानमा विजय प्राप्त गरेको छ भने एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले २ स्थानमा जित हाँसिल गरेको छ ।

यस्तै नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले ४ स्थानमा जित हाँसिल गर्दा स्वतन्त्र एक ठाउँमा विजयी भएका छन् ।कर्णालीमा त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयका ४० आंगिक क्याम्पसहरु मध्ये आइतबार १८ वटा क्याम्पसमा निर्वाचन भएको थियो । निर्वाचन भएका क्याम्पसहरु मध्ये सुर्खेत बहुमुखी क्याम्पसमा मतगणना जारी छ ।
यस्तै जाजरकोटको नलगाड बहुमुखी क्याम्पसमा एक मत बढी भेटिएपछि उत्पन्न विवादका कारण अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । बाँकी १६ वटा क्याम्पसहरुमा यसअघि नै स्ववियु नेतृत्व निर्विरोध चयन भइसको छ भने ६ वटा क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।
नेविसंघ
– विद्यापुर जनता बहुमुखी कयाम्पस सुर्खेत, चेतन नेपाली (नेविसंघ/अखिल क्रान्तिकारी) गठबन्धन
– दोर्णाञ्चल बहुमुखी क्याम्पस दुल्लु दैलेख, प्रकाश थापा
– चामुण्डा कलेजमा चामुण्डा दैलेख, सुनिल शाही (नेविसंघ/अखिल क्रान्तिकारी) गठबन्धन
– आठबीस शिक्षा क्याम्पस आठबीस दैलेख, नगेन्द्रबहादुर शाही
– भेरी ज्ञनोदय बहुमुखी क्याम्पस जाजरकोट, प्रकाश सिंह
– रुकुमेली क्याम्पस रुकुम पश्चिम, अनिशेस केसी
– जुम्ला बहुमुखी क्याम्पस, महेश हमाल
– रारा बहुमुखी क्याम्पस मुगु, राज तामाङ
– डोल्पो क्याम्पस दुनै डोल्पा, खिमबहादुर रोकाया (नेविसंघरअनेरास्ववियुु) गठबन्धन
अखिल क्रान्तिकारी
– चौरजहारी क्याम्पस रुकुम पश्चिम, भरत विक
– राडिज्युला शिक्षा क्याम्पस रुकुमपश्चिम, दिपक केसी
– तिला कणर्ाली बहुमुखी क्याम्पस कालीकोट, हिक्मत सिंह
– जनचेतना बहुमुखी क्याम्पस कालीकोट, पार्वतीकुमारी सन्जयाल
अनेरास्ववियु
– भेरी बुखुमुखी क्याम्पस सुर्खेत, शक्ति पौडेल
– सिम्ता बहुमखुी क्याम्पस सुर्खेत, घनश्याम रेग्मी
स्वतन्त्र
– कपुरकोट बहुमुखी क्याम्पस सल्यान, रामप्रसाद आचार्य






