इलाका प्रहरी चाैकी असुरक्षित, नयाँ भवन हस्तान्तरण राेकियाे


भवन निर्माण कम्पनीले भुक्तानी नपाउँदा ईलाका प्रहरी कार्यालय सल्लीवजारको नयाँ भवनमा सर्न सकेको छैन । देव सिं निर्माण सेवाका कृष्ण स्वांरका अनुसार निर्माण कम्पनीले पाउनुपर्ने करिव ९२ लाख भुक्तानी नपाउँदा भवन हस्तान्तरणमा ढिलाई भएको वताए ।
२ करोड ३० लाखमा २०७६ जेष्ठ २४ गते सम्झौता भएको थियोे । सो भवन २०७७ जेष्ठ २३ गते सम्पन्नता हुनुपर्ने हो तर कर्णाली प्रदेश सरकारले वजेट अभाव भन्दै झुलाएका कारण ढिलाइ हुन गयो । यस्तै प्रदेशमा बनिरहेका यो सहित १४ वटा भवनको काम लम्बियोको जनाएको छ ।
१ वर्षमा सकिने काम ५ वर्ष लागेको छ । भुक्तानी पाउनुपर्ने भन्दै निर्माण व्यवासायीले उच्च अदालत सुर्खेतमा मुद्दा समेत हालेका छन् । प्रहरीका यस्तै खाले सबै ठाउँको भवनको लागि सबै ठेकेदारले निकै दुख खेपेको निर्माण कम्पनीका प्रतिनिधि पदम वहादुर महतराको भनाइ रहेको छ । तर हाल सल्लिवजारमा निर्माण कार्य सम्पन्न भएको यो भवनको कार्यालय, व्यारेक, भवन, मेष, शौचालय तथा स्नान गृह रहेको काम सम्पन्न भएको छ ।
सल्यान पश्चिममा शान्ति सुरक्षा दिदै आएको ईलाका प्रहरी कार्यालयको भान्सा र प्रहरी जवान वस्दै आएको कच्ची कच्ची भवन जिर्ण छ । निकै लामो समयदेखि ईलाका प्रहरी कार्यालय सल्लिवजार भाडामा वस्दै आएको छ ।
इप्रका सल्लिवजारको बन्दै गरेको नयाँ भवनको काम त सम्पन्न भयो तर हस्तान्तरण नहुँदा प्रहरी नयाँ भवनमा सर्न मानेको छैन । अरुलाई सुरक्षा दिने प्रहरी आफै असुरक्षित बास स्थानबाट गुजारा चलाइरहेको छ । यतिखेर इप्रका सल्लिवजारले भाडामा प्रयोग गरिरहेको दुई घर नै जिर्ण छन् ।






