‘एन्टिबायोटिक’को जथाभावी प्रयोगमा नियमन खै ?

‘एन्टिबायोटिक’ शब्द अहिले नेपालमा सामान्य नागरिकले पनि बुझ्न सक्छन् । स्वास्थ्य चिकित्साको पूणर् ज्ञान नभएका सामान्य नागरिकलाई एन्टिबायोटिकका बारेमा सोधियो भने ‘घाउँ सुकाउने औषधी’ भन्ने जवाफ पाइन्छ । यसै जवाफले नेपालमा एन्टिबायोटिक औषधीको जथाभावी प्रयोग अवस्थालाई जनाएको छ । नागरिकहरु चिकित्सकको सल्लाह विनै नाम उच्चारण गर्दै औषधी खरिद र सेवन गरिरहेका छन् । औषधी सेवनमा समेत यसको मात्रामा नाागरिकहरुका आफ्नै तर्क तथा सिद्दान्त छन् । कति खाएमा निको हुन्छ, कसरी खाने ? यि विषयहरुमा नागरिक आफै अघोषित् विज्ञ बनिरहेका छन् । तर एन्टिबायोटिक औषधीको जथाभावी प्रयोगले हुनसक्ने खतराका विषयमा भने धेरै नागरिक जानकार छैनन् । कुनै खास रोग लगाउने जीवाणु विरुद्द प्रभावकारी मानिएको एन्टिबायोटिक औषधी केहि समयमा प्रभावहिन बन्न पुग्छ । अनि मात्र ‘एन्टिमाक्रोवियल रेसिस्टेन्स-एएमआर’ अवस्थाको सृजना हुन्छ ।

कर्णाली प्रदेशको स्वास्थ्य सूचक अवस्थाका वारेमा हामी सबै जानकार नै छौँ । नेपालका अन्य प्रदेशको तुलनामा यहाँको मानव विकास सुचकांक निकै न्यून अवस्थामा छ । स्वास्थ्य सेवाका दृष्टिकोणमा यहाँका सबै नागरिक चिकित्सकसँगको सेवा पहुँचमा छैनन् । गाउँ-गाउँमा सञ्चालनमा आएका मेडिकल मार्फत स्वास्थ्य उपचार वाध्यता बनेको छ । सम्बन्धित विषयगत चिकित्सकको अभावमा गाउँमा सञ्चालनमा रहेका मेडिकलबाट नागरिकहरु आफै एन्टिबायोटिक औषधी खरिद गरिरहेका छन् । यतिसम्मकी गाउँका घरघरमा सामान्य चोटपटक तथा विरामीका लागि औषधी संग्रह समेत भएका हुन्छन् । नागरिक आफैले आवश्यक समयको पहिचान गर्दै ति औषधी सेवन गर्छन् । यस्ताखाले अवस्थाले ‘एन्टिमाक्रोवियल रेसिस्टेन्स-एएमआर’ जोखिमलाई थप बढाइदिएको छ । यसको निराकरणका लागि पहिलो विषय नै नागरिक चेतना हो । चिकित्सकको परामर्श विना अनावश्यक औषधीको सेवनले मानव स्वास्थ्यमा पार्ने समस्याका विषयमा चेतना फैलाउनु पर्छ । अर्को, एन्टिबायोटिकको जथाभावी प्रयोगमा तत्काल नियमन आवश्यक छ ।

भित्रभित्रै सल्किरहेको यो आगो तव मात्र पत्ता लाग्छ, जव विरामी पर्दा मानव शरिरमा एन्टिबायोटिक औषधीले समेत काम गर्दैनन् । यस अवस्थामा विरामीलाई स्वास्थ्य उपचारको आर्थिक भार थपिन्छ । गरिवीको संज्ञा पाएको कणर्ालीका नागरिकलाई स्वास्थ्य उपचारमा थप आर्थिक भार व्यहोर्न समेत समस्या नै छ । यस अलवा शरिरमा एन्टिबायोटिकले नै काम गर्न नसक्ने भएपछि मानवलाई सरुवा रोगको समेत जोखिम बढ्ने चिकित्सकहरु बताउँछन् । एन्टिबायोटिक नियमन तर्फ अहिलेको समय एकदमै महत्वपूणर् छ । जथाभावी औषधी सेवनको चक्र तोड्न नागरिक सचेतना, औषधी पसलमा नियमन, चिकित्सकीय स्वास्थ्य सेवा प्रवाहमा वृद्धि लगायतका गतिविधि कर्णालीमा आवश्यक छन् । त्यसैगरी कृषि क्षेत्रमा समेत प्रयोग भईरहेको एन्टिबायोटिक औषधीमा समेत नियमन गरिनुपर्छ । कृषक आफैले पनि औषधीको खरिद गर्दै कृृषि तथा पशुपंक्षी पालनमा प्रयोग गरिरहेका छन् । यसले मानव स्वास्थ्य सहित प्राकृतिक सन्तुलनलाई समेत असर गरेको छ । कणर्ाली प्रदेश सरकार र यहाँका स्थानीय तहहरुले संयुक्तरुपमा एक संयन्त्रको निर्माण गरी एन्टिबायोटिक औषधीको दुरुपयोगमा नियमन गर्नुपर्छ । यसले कणर्ालीको मानव विकासमा प्रत्यक्ष भुमिका खेलेको छ ।

‘एन्टिबायोटिक’को जथाभावी प्रयोगमा नियमन खै ?

वीरेन्द्रनगरमा नगर बस सञ्चालन, २० रुपैयाँ ताेकियाे

‘एन्टिबायोटिक’को जथाभावी प्रयोगमा नियमन खै ?

नीति र बजेट, प्रवृत्ति र प्रगति

Leave a comment

Your email address will not be published. Required fields are marked *