२०८३ जेष्ठ ११ गते
×

Now Playing

आजको मौसम :  तराईका अधिकांश स्थानमा हुस्सु र कुहिराे 

काठमाडौं,३० पाैष ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ। तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु÷कुहिरो लागेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

शनिबार कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। आइतबार पनि कर्णाली प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। सोमवार भने प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली पहाडी भू–भागहरूका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सेताेपाटी 

आजको मौसम :  तराईका अधिकांश स्थानमा हुस्सु र कुहिराे 

धनकुटाको सिधुवा बजारमा भीषण आगलागी

आजको मौसम :  तराईका अधिकांश स्थानमा हुस्सु र कुहिराे 

सन्दीपलाई राष्ट्रिय टिममा फर्काउन हतारो

Leave a comment

Your email address will not be published. Required fields are marked *