गुर्भाकोट ४ मा तिज नृत्य प्रतियोगिता हुदै

दिलिप ढकाल
सुर्खेत ।
हरितालिका तिजको अवसरमा गुर्भाकोट नगरपालिका वडा नम्बर–४ मा तिज नृत्य प्रतियोगिता हुदै छ ।
हिन्दु नेपालीहरुको महान चाड हरितालिका तिजको चहलपहल बढिरहेको बेला गुर्भाकोट नगरपालिका वडा नम्बर–४ को वडा कार्यालयले तिज नृत्य प्रतियोगिता आयोजना गरेको हो । यसै बीच एक सुचना जारि गर्दै गुर्भाकोट नगरपालिका ४ नम्बर वडा कार्यालयले यहि भदौ २९ गते तिज नृत्य प्रतियोगिता हुने जनाएको छ ।
प्रतियोगिता वडा नम्बर ४ को वडा कार्यालय प्राङ्गणमा बिहान ठिक १० बजे देखि प्रतियोगिता सुरु हुनेछ ।
४ नम्बर वडाका सम्पूर्ण महिला दिदिबहिनि हरु लाई उपस्थिति भई आफ्नो मौलिक नृत्य,गित कला प्रस्तुत गरि कार्यक्रम सफल रुपमा सम्पन्न गर्न सहयोग गर्न समेत वडा कार्यालयले अनुरोध गरेको छ ।
उत्कृष्ट चुनियएका प्रस्तुति हरुलाई आकर्षक पुरस्कारको ब्यबस्था गरिएको समेत वडा अध्यक्ष राम बहादुर डांगी द्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।
कार्यक्रममा भाग लिनका लागि भदौ २८ गते दिउँसो १२ बजे सम्म सम्पर्क गर्नु समेत अनुरोध गरिएको छ ।
साथै गुर्भाकोट नगरपालिका वडा नम्बर ४ अन्तर्गतका सम्पुर्ण वडावासिले आफ्नो टोलको नेतृत्व गरि कम्तिमा ३ जनाको टिम बनाई कला प्रस्तुत गर्नु पर्ने सुचनामा उल्लेख गरिएको छ ।






