बस र अटो एकआपसमा ठोक्किदा ६ जना घाइते

दिलिप ढकाल
सुर्खेत  ।
गुर्भाकोट नगरपालिका र भेरिगंगा नगरपालिकाको बिचमा पर्ने गोचेखोला नजिक बस र अटो एकआपसमा ठोक्किदा ६ जना घाइते भएका छन् ।

मंगलबार राती ११ः१५ बजे नेपालगञ्जबाट जाजरकोट जादै गरेको भे १ ख १४७६ नम्बरको बस र विपरित दिशाबाट आइरहेको भे १ ह ३८२२ नम्बरको अटो एकआपसमा ठोक्किएका हुन् ।

घाइते ६ जनालाई उपचारको लागि मेहेलकुना अस्पताल पठाइएको थियो । घाइते २ जनाको मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ, भने घाइते ४ जनालाई थप उपचारका लागी प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको ईलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख मन्दिप चौहानले जानकारी दिए ।

अटोमा सवार ८ जना रहेका भएपनि अन्य यात्रुहरुको अवस्था सामान्य रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

बस र अटो एकआपसमा ठोक्किदा ६ जना घाइते

बेपत्ता मेजर विमल पण्डितको शव १६ दिनपछि

बस र अटो एकआपसमा ठोक्किदा ६ जना घाइते

कर्णाली र सुदूरपश्चिमका दुर्गम जिल्लाहरुमा एनसेलको फोरजी