सुध्रिन थाले कर्णालीका स्वास्थ्य सूचक

सुर्खेत । विगतका केहि दशकको समयलाई तुलना गर्दा नवजात शिशु तथा मातृ मृत्युदर अवस्थामा सुधार आएको छ । ५ वर्षमुनीका बालबालिकाको मृत्युदर सूचकलाई हेर्दा नेपालमा यो सूचककरिव ७२ प्रतिशतले घटेको छ । आजभन्दा २६ वर्ष पहिले नेपालमा पाँच वर्ष उमेरका प्रति एक हजार शिशुमा एक सय १८ जना शिशुको मृत्यु हुन्थो । सन् २०२२ मा आईपुग्दा हालको समयमा यो सूचक घटेर ३३ जना भएको छ । सन् २०१६ मा यो संख्या ३९ जना रहेको थियो ।

यसैगरी नवजातशिशु मृत्युदर अवस्था भने उस्तै छ । सन् २००१ मा नेपालमा एक हजार जना शिशुको जन्ममा ३९ जना मृत शिशु जन्म गरेको थियो । हाल सन् २०२२ को तथ्यांक अनुसार यो संख्या २१ मा झरेको देखिन्छ । तर सन् २०१६ को तथ्यांक हेर्ने हो भने नेपालमा सो संख्या अहिले झै २१ जनामा रहेको देखिन्छ । यता कर्णाली प्रदेशमा यीसूचकांकहरुको अवस्था हेर्ने हो भने पाँच वर्षमुनीका एक हजार जना बालबालिकामध्ये३० जना बालबालिकाको मृत्यु हुने गरेको तथ्यांक छ । यो तथ्यांक भने सन् २०१९ को हो । यसैगरी एक हजार जना शिशुको जन्ममा कणर्ालीमा ११ जना शिशु मृत जन्मन्छन् । सन् २०१६ को तथ्यांकलाई तुलना गर्दा सो समयमा २९ जना शिशु मृत जन्मन्थे । विगत २५ वर्षको अवधिमा नेपालले नवशिशु, बाल तथा मातृ मृत्युदरमा उलेख्य कमी ल्याउन सफल भएकोस्वास्थ्य सेवा निर्देशनालयका निमित्त प्रमुख डा. रविन खड्काबताउँछन् ।

दिगो विकास लक्ष्य अनुरुप कर्णाली प्रदेशमा सूचकहरुको अवस्थामा परिवर्तन भने आएको छ । स्वास्थ्य सेवा निर्देशनालयका निमित्त प्रमुख डा. खड्काका अनुसार तीन वर्षको समयमा कर्णालीमा दिगो विकासका सूचहरुमा करिव ५० प्रतिशतले लक्ष्यतर्फ अघि बढेको देखिन्छ । सन् २०१६ मा कर्णालीमा पाँच वर्षमुनीका एक हजार बालबालिकाको मृत्युदर ५८ जना रहेको थियो । सन्२०१९ मा आईपुग्दा यो संख्या घटेर ३० जनामा आएको छ । यसैगरी नवजात शिशु मृत्युदरमा २९ जना रहेको दर २०१९ मा आईपुग्दा ११ जनामा पुगेको छ ।यो प्रति प्रति एक हजार जना बालबालिकाको हो । यसैगरी एक लाख जना बालबालिकाको जिवित जन्ममा एक सय ८६ जना संख्याको मातृ मुत्युदर रहेको देखिन्छ ।

विश्व स्वास्थ्य दिवसका अवसरमा शुक्रबार वीरेन्द्रनगरमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै डा. खड्काले नेपाललगायत कणर्ाली प्रदेशमा स्वास्थ्य अवस्थाहरु सुधार भएको बताए । दिगो विकासका लक्ष्यहरुका अनुसार कर्णाली प्रदेश स्वास्थ्य समस्या सुढृतिकरणतर्फ लागेको छ । पाँच वर्षमुनीका बालबालिकाको जन्ममा कमतौल भएका बालबालिकाको संख्या यसअघि सन् २०१६ मा ३३ प्रतिशत थियो । सन् २०१९ को तथ्यांकमा यो संख्या बढेर ३७ प्रतिशत पुगेको छ । स्वास्थ्य क्षेत्रका सूचहरुमा अन्य सूचकहरुमा कणर्ालीको प्रगति देखिएपनि कम तौल भएका बालकालिकाको जन्ममा भने कर्णालीमा सुधार हुन सकेको छैन ।

यसैगरी यहाँका बालबालिकामा हुने पुड्कोपनको समस्याको अवस्थामा भने केहि मात्रामा सुधार भएको छ । यसअघि २०१९ मा भएको सर्वेक्षणमा यहाँ कर्णालीमा ५४ प्रतिशत बालबालिकामा यो समस्या देखिएको थियो । सन् २०१९ सम्मका आईपुग्दा यो संख्या ४७ प्रतिशत थियो । हाल २०२२ मा भने यो सूचकमा सुधार भएर ३६ प्रतिशतमा आएको छ ।

यसैगरी कर्णालीमा दक्ष जनशक्तिबाट प्रसूति सेवा लिने महिनाहरुको संख्या पनि बढेको छ । यसअघि सन् २०१६ मा कणर्ालीमा ५९ प्रतिशत गर्भवतिले दक्ष स्वास्थ्यकर्मीबाट प्रसूतिसेवा लिएका थिए । सन् २०१९ मा आईपुग्दा यो संख्या बढेर ६५ प्रतिशत पुगेको डा. खड्का बताउँछन् ।

समन्वयको अभाव

दिगो विकासको लक्ष्यअनुरुप कर्णाली स्वास्थ्य क्षेत्रका सूचकहरुमा सकारात्मक परिवर्तन ल्याएपनि अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा मानव विकास लगायत स्वास्थ्यका मुख्य सूचकहरुको अवस्था भने न्यून नै छ । प्रदेशमा सर्ने रोगहरुको प्रकोप निरन्तर रहेको तथा दिनानुदिन नसर्ने रोगका विरामीहरुको संख्या बढ्दै गएको, नसर्ने रोगको रोकथाम नियन्त्रण तथा पर्याप्त उपचारका लागि सुविधा सम्पन्न व्यवस्था हुन नसकेको डा. खड्का बताउँछन् ।

यसको कारण तीनतहका सरकारबीच आपसी समन्वय, सहकार्य तथा अन्तरसम्बन्ध सुदृढ हुन नसक्नु समेत मुख्य कारण रहेको डा. खड्काले बताए । उनले भने, ‘अहिले स्थानीय पालिकालाई स्वास्थ्य क्षेत्रको जिम्मेवारी दिइएको छ । हामीपनि सबै पालिकासँग समन्वय गर्न सकिरहेका छैनौं । हामीले स्थानीय पालिकालाई प्राविधिक ज्ञान र पृष्ठपोषण दिने हो ।’

सुध्रिन थाले कर्णालीका स्वास्थ्य सूचक

कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने एमाले

सुध्रिन थाले कर्णालीका स्वास्थ्य सूचक

यात्रुको सुनिश्चितता भए उडान भर्न सकिन्छ :

Leave a comment

Your email address will not be published. Required fields are marked *