यात्रुको सुनिश्चितता भए उडान भर्न सकिन्छ : तारा एयर

सुर्खेत । कर्णालीका दुर्गम जिल्लाहरुमा सुर्खेत र नेपालगन्जबाट उडान भर्दै आएको निजी वायुसेवा प्रदायक कम्पनी तारा यएरले समय सापेक्ष भाडा दर कायम भएर यात्रुको सुनिश्चिताको ग्यारेण्टी भए नियमित उडान भर्न सकिने बताएको छ । कर्णालीका निर्वतमान उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जितबहादुर मल्लकाे पहलमा संघीय पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कर्णालीका दुर्गम विमानस्थलहरुमा सुर्खेतबाट नियमित विमान सञ्चालन गर्न अल्पकालिन र दिर्घकालिन योजनासहित मागेको राय सुझावको जवाफ दिदै तारा एयरले यस्तो जवाफ दिएको हो ।

दुर्गम क्षेत्रमा हवाई उडान गर्दा यात्रुहरु एकतर्फि हुने भएको खण्डमा बायु सेवा कम्पनीहरूको संचालन खर्चसमेत नपुग हुने हुँदा कर्णाली प्रदेश सरकारको तर्फबाट दुईतर्फी यात्रु आते-जाते समेत गरि ३० यात्रुको सुनिश्चितता हुने भए नियमित उडान भर्न सकिने तारा यएरले जनाएको छ । यस्तै दुर्गम क्षेत्रमा हुने हवाई उडानमा हाल कायम रहेको भाडा दर अवैज्ञानिक र समय सापेक्ष नभएको, बिगत लामो समयदेखि दुर्गम क्षेत्रको हवाई भाडामा समेत पुनरावलोकन नगरिएको सन्दर्भमा विभिन्न समयमा विमान सेवा प्रदायकहरुले प्रस्तुत गरेको हवाई भाडा पुनरावलोकन र सहुलियतसहितको छुट सुविधा पाए नियमित व्यवस्थित र प्रभावकारी हवाइ सेवा संचालन गर्न सकिने व्यहाेराकाे पत्र पठाएकाे मन्त्री मल्लले जानकारी दिए ।

यस्तै पदबाट राजीनामा दिएपछि सोमबार आफ्नो कार्यकालमा भएका कामहरुको बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी दिदै मन्त्री मल्लले कर्णालीका दुर्गम जिल्लाहरुमा बनेका विमानस्थलमा हवाई उडान नियमित गर्न आवश्यक पहल गरेको बताएका छन् । ‘सिता एयर र तारा एयरले मन्त्रालयमा अवधारणा पत्र पेस गरेको छ ।

८० प्रतिशत यात्रु सुनिश्चित गर्न सकिन्छ की भनेर सोधिरहेका छन् ।’ मन्त्री मल्लले भने, ‘मैले भनेको छु, ८० प्रतिशत भए पनि यात्रु पुराउँछौँ र नपुगे पनि मन्त्रालयले केही कन्ट्रोभिजन गरेर सेवा सुरु गर्नुपर्छ । हुम्ला, मुगु, कालिकोट, जुम्ला, चौरजहारी विमानस्थलमा हप्ताको एक पटक सुर्खेतको विमानस्थल देखि यी विमानस्थलमा हवाई पुराउनुपर्छ भन्ने विषयको उठान भएको छ ।’ गत पौष २७ गते नेकपा एमाले र नेकपा माओवादी बिच बनेको गठवन्धनमा मल्ल एमालेबाट मन्त्री बनेका थिए । आइबार एमालेले सरकारबाट बाहिरिने निणर्य गरेपछि मल्लले पदबाट राजीनामा दिएका थिए ।

यात्रुको सुनिश्चितता भए उडान भर्न सकिन्छ : तारा एयर

सुध्रिन थाले कर्णालीका स्वास्थ्य सूचक

यात्रुको सुनिश्चितता भए उडान भर्न सकिन्छ : तारा एयर

YUGAAWHAN NATIONAL DAILY (2079-12-27)

Leave a comment

Your email address will not be published. Required fields are marked *