कर्णालीको नीति तथा कार्यक्रम बहुमतले पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबार बसेको कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको नवौं बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । सभामुख नन्दा गुरूङले २१ जेठमा प्रदेश प्रमुख तिलक परियारले पेश गरेको नीति तथा कार्यक्रम कर्णाली प्रदेशसभा नियमावलीको नियम ३७ (४) बमोजिम बहुमतले पारित भएको घोषणा गरिन् ।


उक्त नीति तथा कार्यक्रममाथि २३ गतेदेखि छलफल सुरु भएको थियो । तीन दिनसम्म चलेको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख संचेतक टेकराज पछाई, एमालेका सांसद जीतबहादुर मल्ल र विनोदकुमार शाहले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।उनीहरुले दर्ता गराएका संशोधन प्रस्ताव बिहीबारको बैठकबाट कुल सदस्यहरुको बहुमतबाट अस्वीकृत भएको छ ।

कर्णाली प्रदेश सरकारले वार्षिक १० हजार युवालाई रोजगारी दिने लक्ष्यसहित कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजना ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को दीर्घकालिन सोचअनुसार आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिबी निवारण, उत्पादन वृद्धि, रोजगारी सिर्जना र उद्यमशिलता विकासलाई लक्षित गर्दै नीति तथा कार्यक्रम प्रस्तुत भएको प्रदेश सरकारले जनाएको छ ।

कर्णालीको नीति तथा कार्यक्रम बहुमतले पारित

YUGAAWHAN NATIONAL DAILY (2080-02-25)

कर्णालीको नीति तथा कार्यक्रम बहुमतले पारित

राउटे ज्येष्ठ सदस्य कर्णबहादुर शाहीको निधन

Leave a comment

Your email address will not be published. Required fields are marked *