कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेत । कालिकोटमा रोकेर राखिएको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्य भएको छ । जिल्लाको रास्कोट नगरपालिका २ सेरा बजारमा रोकिराखेको ग ३ च ४६१० नम्बरको डबल क्याब जिप एक्कासी ब्याक हुन गई सडकबाट तीन सय मिटर तल खसेर दुर्घटना भएको कालिकोट प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी रास्कोट नगरपालिका १ का ४३ वर्षिय मानबहादुर शाही र सोही ठाउँ कि ३६ वर्षिया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक सुवराज बमले जानकारी दिए । यस्तै दुर्घटनामा परी सोही ठाउँ कि ३० वर्षिया रिता शाही गम्भिर घाइते भएकी छन् । उत्त जिप सेरा बजारबाट कालिकोट सदरमुकाम मान्मतर्फ जादै गरेको निरिक्षक बमले जानकारी दिए । जिप न्यूट्रलमा राखेर चालक गाडी बाहिर रहेको अवस्थामा दुर्घटना भएको हो ।

कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

YUGAAWHAN NATIONAL DAILY (2080-02-24)

Leave a comment

Your email address will not be published. Required fields are marked *