नियमित बजार अनुगनमा ध्यान दिन माग

सुर्खेत ।
वीरेन्द्रनगरमा चाडपर्वका समयमा मात्र बजार अनुगमन भईरहेको आरोप लगाउँदै अन्य समयमा समेत अनुगन बढाउनुपर्ने सरोकारवालाले माग गरेका छन् ।

स्थानीय बजार व्यवस्थापन र उपभोक्ता हित संरचना अनुगमन कार्ययोजना निर्माण सम्बन्धी बिहिवार वीरेन्द्रनगरमा आयोजित छलफल कार्यक्रममा सरोकारवाहरुले यस्तो माग गरेका हुन् । स्थानीय तहमा वडाले समेत निगरानी बढाउनुपर्ने, कालोबजारी र अस्वस्थ्य खाद्यायान्न बिक्रि वितरणमा रोक लगाउनुपर्ने, नगरले खाद्य अधिकार लगायतका निर्देशिका पारित गर्नुपर्ने सरोकारवालाहरुको सुझाव छ ।

छलफल कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले स्थानीय बजारमा अखाद्य वस्तु धेरै मात्रामा विक्रि हुने गरेको, पसलपिच्छे सामानको मूल्य समेत फरक भएको बताए । उनले भने, ‘स्थानीय बजार स्वस्थ्य बजार हो तर अहिले घातक बजार भयो ।’
आफुले नै खाद्यान्न किन्दा अखाद्य समाग्री फेला पारेको अनुभव सुनाउदै उनले बजारका वस्तु तथा सेवालाई गुणस्तरिय बजार बनाउन अनुगमनमा ध्यान दिन वीरेन्द्रनगर नगरपालिकालाई अनुरोध गरे । सार्वजनिक सेवा तीनै तहका सरकारको जिम्मेवारी भएकाले वस्तु तथा सेवा गुणस्तरिय बनाउन पालिकाले समेत अनुगमन गर्नुपर्ने उनको भनाई छ ।

छलफल कार्यक्रममा बोल्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले स्थानीय सरकार नजिकको सरकार भएकाले बजारमा बिक्रि भईरहेका हरेक वस्तुको मूल्यमा नगरपालिकाले ध्यान दिनुपर्ने बताए । उनले भने, ‘निजि क्षेत्र नाफा कमाउने क्षेत्र भएपनि यसको पनि राज्यले निति गराएको छ । मापदण्डमा बसेर काम गर्नुपर्ने छ ।’

बजार व्यवस्थापन गर्ने जिम्मेवारी सबैको भएको भन्दै उनले बजार अनुगमनमा सुर्खेत उद्योग वाणिज्य संघले सधै साथ दिन तयार रहेको उनले जनाए । चाडपर्वमा मात्र नभई अन्य समयमा पनि बजार अनुगमन गर्नुपर्छ भन्दै संघले पटक–पटक माग गरेपनि बजार अनुगमन नभएको उनको गुनासो थियो ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले बजारमा बिक्रि हुने गरेको अखाद्य वस्तु अन्त्य गर्ने, वस्तु तथा सेवाको उचित मुल्य हुनुपर्ने, बजार गुणस्तरिय बनाउन पालिकाले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । बजार व्यवस्थापन तर्फ वीरेन्द्रनगर नगरपालिकाले कार्ययोजना बनाएको र सरोकारवाला अन्य निकायले पनि पहल गर्नुपर्ने उनले बताए ।

नियमित बजार अनुगनमा ध्यान दिन माग

नेपालमा पछिल्लो १० वर्षमा ९ प्रतिशतले कृषक

नियमित बजार अनुगनमा ध्यान दिन माग

नीतिमै सिमित रह्यो साक्षर घोषणा अभियान