आज ‘श्रीकृष्ण जन्माष्टमी’

काठमाडौँ ।

आज ‘श्रीकृष्ण जन्माष्टमी’, देशभर धुमधामका साथ मनाइँदैछ ।

भगवान श्रीकृष्णको जन्म भएको अवसरमा देशभर यो पर्व श्रीकृष्णको पूजाआराधना गरी मनाइने गरिन्छ ।

पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ ।

महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनीबाट व्यक्त ‘श्रीमदभागवत गीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ पनि भनिन्छ ।

यस दिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ। कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक सङ्घसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा मुलुकभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लाग्ने गरेको छ ।

आज ‘श्रीकृष्ण जन्माष्टमी’

मदिराको कुलतले सक्दैछ राउटेको स्वास्थ्य र पैसा,

आज ‘श्रीकृष्ण जन्माष्टमी’

कक्षा १२ को पूरक परीक्षाको समय तालिका