गर्मीका कारण सुर्खेतका निजि विद्यालय एक साताका लागि बन्द

सुर्खेत । सुर्खेतका निजि विद्यालयहरु एक साताका लागि बन्द हुने भएका छन् । हालको समयमा दिनानुदिन गर्मी बढ्न थालेपछि सुर्खेतका निजि विद्यालयहरुले पठनपाठनमा एक साताका लागि विदा दिने भएका हुन् ।

निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल ‘प्याब्सन’को सुर्खेत कार्यसमितिले यहाँका निजि विद्यालयहरुलाई पत्राचार गर्दै एक साताका लागि गर्मी विदा दिन भनेको छ । सोहि अनुसार नै विद्यालयहरुले जेष्ठ २४ गतेदेखि ३० गतेसम्मका लागि पठनपाठन क्रियाकलाप रोकेका छन् ।

सोमबार बसेको प्याब्सनको जिल्ला कार्य समिति वैठकले सुर्खेत स्थित सम्पुणर् निजि विद्यालयहरुमा गर्मी विदा दिने निणर्य गरेको थियो । अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्य अवस्थामा समस्या सिर्जना हुनसक्ने जोखिम बढेको बढाउदै प्याब्सनले वातावरणमा सुधार आएपछि जेष्ठ ३१ गतेबाट पठनपाठन सुचारु गर्ने योजना गरेको छ ।

गर्मीका कारण सुर्खेतका निजि विद्यालय एक साताका लागि बन्द

YUGAAWHAN NATIONAL DAILY (2080-02-23)

Leave a comment

Your email address will not be published. Required fields are marked *