२०८३ आश्विन १७ गते
×

Now Playing

टोकियोमा ‘रारा गोल्डकप’ समापन

सुर्खेत । ‘स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद’ भन्ने मुल नाराका साथ जापानमा भएको रारा गोल्डकप सम्पन्न भएको छ ।आइतबार जापानस्थित नेपाली राजदूत डा. दुर्गा सुवेदी र कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाहीले संयुक्त संयूक्त उद्दघाटन गरेका थिए ।


कर्णाली प्रदेश प्रमुख पर्यटकिय क्षेत्रहरु रारा ताल, से फोक्सुन्डो, पचाल झरना लगायतका सम्पदाहरुको यथोचित प्रचार-प्रसार गरि राष्ट्रको पर्यटन प्रद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । कर्णाली प्रदेश समाज जापानले टोकियो स्थित को-ईभर फुटसल मैदानमा प्रतियोगिता सञ्चालन गरेको थियो ।

३३ क्लब सहभागी प्रतियोगितामा पाँच लाख पाँच हजार पाँच सय ५५ राशीको पुरस्कारसहित काभ्रेली समाज जापान प्रतियोगिताको च्याम्पियन बन्दा दुई लाख २२ हजार दुई सय २२ नगदसहित शिजोउका युनाईटेडले उपविजेता बन्यो ।

अन्य उत्कृष्ट पाँच विद्या भने फियरप्ले टिम तामाङ्ग युथ एफ सी, उत्कृष्ट डिफ़ेन्स काभ्रेली समाजका लिल गुरुङ, टप स्कोरर सिजुओकाका आसिक गुरुङ, उत्कृष्ट किपर सिजोउकाका चन्द्र केसी बने ।

यस्तै उत्कृष्ट प्लेयर गोर्खे क्लवका आदर्श लिम्बु बने । आइतबार समापन समारोहमा समाजसेवी तथा शिवहरि पौडेल, पुर्व राष्ट्रिय फुटबल खेलाडी तथा एन्फा जापान अध्यक्ष शिव खड्का, पुर्ब राष्ट्रिय फुटबल खेलाडी हरि ठकुरी, कर्णाली प्रदेश समाज जापानका सल्लाहकार बसन्त घर्ती मगर, समाजका बरिष्ट उपाध्यक्ष भिम न्यौपाने, उपाध्यक्ष तथा कार्यक्रम संयोजक वीरेन्द्र शाही सहभागी थिए ।

यस्तै उपाध्यक्ष खिम शाह, जीवन शाही, माधब थापा, महासचिव हिमप्रकाश थापा, कोषाध्यक्ष महेन्द्र केली लगायतको उपस्थिती थियो ।समापन कार्यक्रममा बोल्दै कर्णाली प्रदेश समाजका अध्यक्ष कृष्ण शाहीले आफूहरुको निम्तोलाई स्वीकार गरी सहभागिता जनाउने खेलाडी, क्लब अफिसिल दाता, सरोकारवाला लगायत कर्णाली प्रदेश समाज केन्द्रीय समितिप्रति आभार प्रकट गरे ।

टोकियोमा ‘रारा गोल्डकप’ समापन

विकास निर्माणका चुनौती र समाधानका उपाय

टोकियोमा ‘रारा गोल्डकप’ समापन

बैंकिङ्ग कसुरमा फरार प्रतिवादी पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *