सल्लीबजार आउँदै गरेकाे अटाे दुर्घटना ३ घाइते

दुर्गा विसि
सल्लीबजार, १७ असाेज ।
नाथेखाेला, सुनैलिदेखि सल्लिवजार आउँदै गरेको ०२ ००१ ह १११५ नम्बरको अटाे सल्लि रुकुम चौहरजारी सडक खण्डमा पर्ने बनगाड कुपिण्डे सल्यानकाे वडा नं ६ वयलडाँडी नजिकै दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिका वडा नं ६ का वर्ष ४७ का गृम राेका, वडा ५ राउचेका वर्ष ५० का शिवलाल साहु,साेहि वडाका वर्ष ६१ का मुमे साहु गम्भीर घाइते भएका छन् ।

इप्रका इन्चार्ज हरि खड्काकाे कमानमा सल्लि वजारमा रहेको प्रहरी टाेलि घटना घटेको छिनभरमै दुर्घटना स्थलमा पुगि घाइतेहरुकाे उद्दार गरेको छ । घाइतेहरुकाे सल्लिवजारमा रहेको स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारका लागि बाहिर लैजाने तयारी भएको जनाएको छ ।
राेका र मुमे साहुकाे अवस्था भने गम्भीर रहेको जनाएको छ । अटाे चालक खलवहादुर वुढा भनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







