सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गर्ने वडा सचिव र प्रशासन सहायकविरुद्ध मुद्दा दायर

सुर्खेत । सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको आरोपमा जाजरकोटको छेडागाड नगरपालिका वडा नं. १२ का तत्कालीन वडा सचिव र प्रशासन सहायकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


सामाजिक सुरक्षा भत्ता वातको चौमासिक रकम वितरण गर्दा वडा सचिव देवीलाल जैसी र प्रशासन सहायक रत्नबहादुर कार्कीले नक्कली लाभग्राहीको विवरण खडा गरी रकम हिनामिना गरेको अख्तियारद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

जैसीले आर्थिक वर्ष २०७५/०७६ को प्रथम, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीहरुको नक्कली विवरण खडा गरी २ लाख ७३ हजार ४०० रुपैयाँ हिनामिना गरेका थिए । उनीविरुद्ध सोही बराबरको विगो कायम गरी कैद सजाय र जरिवाना गर्न अख्तियारले माग गरेको छ । यस्तै, कार्कीले वडासचिव जैसीलाई सहयोग पुग्ने गरी मिलेमतो गरेको र आफूलेसमेत लाभ लिएको पुष्टि भएकाले उनीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

उनीहरुविरुद्ध सरकारी रकम हिनामिना गरेको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकोले निज वडा सचिव देवीलाल जैसीलाई सोही विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम ऐनको दफा ३ को उपदफा ९१० र उपदफा ९१० को खण्ड (घ) बमोजिम कैद र बिगो बमोजिम जरिवाना तथा ऐनको दफा १७ बमोजिम हिनामिना गरेको रकम निजबाट असुल उपरको मागदाबी गरिएको छ ।

सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गर्ने वडा सचिव र प्रशासन सहायकविरुद्ध मुद्दा दायर

कर्णाली राजमार्गमा जिप दुर्घटना हुँदा १४ जना

सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गर्ने वडा सचिव र प्रशासन सहायकविरुद्ध मुद्दा दायर

कस्ताे रहला आजकाे माैसम ?

Leave a comment

Your email address will not be published. Required fields are marked *