एमालेको कर्णाली नेतृत्व छान्न मतदान हुदै

सुर्खेत ।
नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि आइतबार मतदान हुँदै छ । सुर्खेतमा जारी पार्टीको पहिलो कर्णाली अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढाइएको छ ।
बिहान १० बजेदेखि मतदान सुरु गरिने निर्वाचन समितिले जानकारी गराएको छ । अधिवेशनबाट पाँच पदाधिकारीसहित एक सय ३५ सदस्य चयन गरिनेछ ।
एमाले कर्णाली अध्यक्षका निम्ति कालीकोटका मीनबहादुर शाही, सल्यानका गुलाबजंग शाह र कालीकोटकै प्रकाश रोकाया चुनावी मैदानमा छन् । तर मुख्य प्रतिस्पर्धा भने मिनबहादुर र गुलाबको हुने देखिन्छ । गुलाबलाई यामलाल कंडेले सघाउने छन् । भने मिनबहादुरलाई गोरख बोगटी,बिनोद कुमार शाह लगाएले सघाएका छन् ।
अध्यक्ष पदका लागि पाँचजनाले उमेदवारी दर्ता गराएका थिए । तीमध्ये कर्णाली प्रदेशसभाका पूर्वसभामुख राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले उमेदवारी फिर्ता लिएका थिए ।





