गरिब तथा विपन्न परिवारका लागि निःशुल्क उपचार गर्नुपर्छ मन्त्री बस्नेत

सुर्खेत ।
कर्णाली प्रदेश अस्पतालमा सर्वसाधारणले उपचार पाउन मुस्किल हुने गरेको गरेको छ ।

विशेषगरी स्वास्थ्यकर्मीको व्यवहार र पहुँचवालहरूको रजगज चलिरहेको भन्दै सर्वसाधारण नागरिकहरूले सहज रूपमा सेवा पाउन सकेका छैनन् ।

शुक्रवार अस्पतालको निरीक्षण गर्नका लागि आएका सङ्घीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले प्रदेश अस्पतालले सर्वसाधारण नागरिकको लागि पनि सहज रूपमा स्वास्थ्य सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

मन्त्री बस्नेतले गरिब तथा विपन्न परिवारका लागि प्रदेश अस्पतालले जनरल सेवा निशुल्क गर्न तयार हुनुपर्ने बताए । ‘गरिब तथा विपन्न परिवारका लागि निःशुल्क उपचार गर्न लागिरहेका छौँ,’ उनले भने,‘ प्रतिशत बेड निशुल्क गर्ने व्यवस्था भए पनि कार्यान्वयनमा आएको थिएन । अब कार्यान्वयनको पहल गरिरहेका छौँ ।’

उनले संविधानमा लेखिएका कुराहरू व्यवहारमा अझै कार्यान्वयन नभएको बताए । स्वास्थ्य सम्बन्धी संविधानमा भएको व्यवस्थालाई व्यवहारमा गरिनुपर्ने उनको भनाइ थियो ।

भिआइपी, भिभिआइपीहरू विदेशमा उपचार गर्न जाने तर, गरिब, विपन्नको उपचारको लागि अस्पताल नदेख्ने अवस्था विद्यमान रहेको पनि बताए ।

गरिब तथा विपन्न परिवारका लागि निःशुल्क उपचार गर्नुपर्छ मन्त्री बस्नेत

कर्णालीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मा शाहीलाई

गरिब तथा विपन्न परिवारका लागि निःशुल्क उपचार गर्नुपर्छ मन्त्री बस्नेत

कारागार किताब अभियानलाई एक सय थान पुस्तक

Leave a comment

Your email address will not be published. Required fields are marked *