सुर्खेत बाणिज्य संघमा मनोनित दुई जनाले सपथ लिए

सुर्खेत ।
सुर्खेत उद्योग बाणिज्य संघको कार्य समिति सदस्यमा मानोनित दुई जनाले सपथ लिएका छन् । संघको विधानअनुसार मानोनित भएका दुई जनाले शुक्रबार संघको कार्यालयमा सपथ लिएका हुन् ।
सावित्रा गैरे र डासुराम लामिछानेलाई शुक्रबार सपथ खुवाइएको संघका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए । गैरे सन्ध्या फेन्सी स्टोरका सञ्चालक हुन भने लामिछाने इलेक्ट्रोनिक्स बस्तुगत समितिका उपाध्यक्ष हुन् ।
संघले यसअघि नै बस्तुगत समितिबाट टोपेन्द्रजंग शाहीलाई कार्यसमिति सदस्यमा मनोनित गरिसकिएको छ । संघको कार्यसमिति सदस्य अब २७ सदस्यीय पुगेको छ ।






