भालुको आक्रमणबाट हुम्लामा एक जना घाइते

हुम्ला । हिमाली जिल्ला हुम्लामा भालुले आक्रमण गर्दा एक जना घाइते भएका छन् ।
जिल्लाको नाम्खा गाउँपालका–४ याल्वाङमा मंगलबार दिउँसो भालुको आक्रमणमा परेर स्थानीय ४८ वर्षीय कुन्जेन लामा घाइते भएका हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिए।
उनी घरबाट घट्ट जाने क्रममा जंगलको बाटोमा भालुले आक्रमण गरेको थियो। उनको कान र हातमा चोट लागेको छ।
स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपाचारपछि उनलाई जिल्ला अस्पताल रेफर गरिएको ओझाले बताए।






