काठमाडौंले पिउन पाउने छैन बर्खाभर मेलम्चीको पानी

काठमाडौ , १७ जेठ

मेलम्ची खानेपानी आयोजनाले बर्खाभर पानी काठमाडौंमा नपठाउने भएको छ । मेलम्ची खोलामा पानी धमिलो हुन थालेको र बाढी आएर सुरूङमा क्षति पु¥याउन सक्ने भएकोले पानी पथान्तरणको कार्य रोक्ने तयारी गरिएको छ ।

‘मेलम्चीको पानी ल्याउने कार्य बर्खाभर बन्द गर्ने तयारी छ । हामी औपचारिक सूचना निकालेरै जानकारी दिन्छौं,’ आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले भने, ‘मेलम्ची खोलाको पानी धमिलो हुन थालेको छ । सुरूङमा क्षति नहोस् भनेर पानी ल्याउन रोक्न लागिएको हो ।

आयोजनाले सम्भवतः आजै खानेपानी मन्त्रालयसँग समन्वय गरी बर्खाभर पानी ल्याउन नसकिने सूचना जारी गर्नेछ । पन्तका अनुसार मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याइँदै आइएको थियो।

मेलम्चीमा पानी बढ्दै जाँदा सुरूङ लगायतमा क्षति हुन सक्ने जोखिम रहन्छ । त्यसैले पानी ल्याउने कार्य बन्द गर्न लागिएको हो । बर्खापछि पुनः मेलम्चीको पानी काठमाडौं पठाइने उनले बताए ।

मेलम्ची सुरूङभित्र बालुवा, गेग्रान पस्न सक्ने जोखिम रहेकोले सुरूङको ढोका बन्द गर्न लागिएको छ । मेलम्चीको पानी काठमाडौं नआउँदा पानीको माग धान्न गाह्रो हुनेछ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल) ले मेलम्चीको पानी बर्खाभर नआउने अनौपचारिक जानकारी पाइएको बताएको छ । केयुकेलको महाकालचौर शाखाले मेलम्चीको पानी आउन छाडेको बताएको छ ।

मेलम्चीको पानी आउन छाडेकोले आजदेखि पानी वितरण तालिकासमेत परिमार्जन गरिएको उक्त शाखाले सूचना निकालेर उल्लेख गरेको छ । केयुकेलका प्रवक्ता प्रकाशकुमार राईले मेलम्चीको पानी आउन बन्द हुनेबारे औपचारिक सूचना प्राप्त भइनसकेको बताए ।

उनका अनुसार मेलम्चीदेखि सुन्दरीजलसम्म मेलम्ची खानेपानी आयोजनाले नै हेर्ने गर्छ । बर्खामा मेलम्चीको पानी नल्याउनेबारे अनौपचारिक जानकारी आएकोले त्यसैअनुसार केयुकेलका शाखाहरूले सूचना निकालेको उनले बताए ।

०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी काठमाडौंका घर–घरमा वितरण गर्न थालिएको थियो । ०७८ असार १ मा मेलम्चीमा आएको बाढीले आयोजनामा क्षति गरेपछि लामो समयदेखि पानी ल्याउन सकिएको थिएन । मेलम्चीमा अस्थायी संरचनाबाट पुनः पानी ल्याउन थालिएको थियो। वैशाख दोस्रो सातादेखि काठमाडौंका घर–घरमा पुनः मेलम्चीको पानी आउन थालेको थियो ।               स्राेत ःसेताेपाटी

काठमाडौंले पिउन पाउने छैन बर्खाभर मेलम्चीको पानी

स्वतन्त्रबाट जितेका केसीलाई माओवादीले गर्यो सम्मान

काठमाडौंले पिउन पाउने छैन बर्खाभर मेलम्चीको पानी

काठमाडौं महानगरमा गुनासो सुन्नका लागि कल सेन्टर

Leave a comment

Your email address will not be published. Required fields are marked *