प्रदेश राजधानी जोडियो सल्यान पश्चिम, २८ वर्षमा २६ किलोमिटर ट्रयाक

सल्यान, १७ चैत्र ।
सडक निर्माण कार्य सुरु भएको २८ वर्षपछि सल्यानको लुहाम–काभ्रा–कालिमाटी हुँदै प्रदेश राजधानी जोड्ने सडकको ट्रयाक खोलिएको छ । २०५० सालमा शिलान्यास भएको २६ किलोमिटर सडकको ट्रयाक खुल्न २८ वर्ष लागेको हो ।

शिलान्यास भएको २८ वर्षपछि सरकारले पूर्वाधार विकास कार्यालय सल्यानलाई सडक निर्माणको जिम्मा दिएपछि लुहामदेखि कालिमाटीसम्म २६ किलोमिटर ट्रयाक खुलेर गाडी सञ्चालनमा आएका हुन् ।

कालिमाटी गाउँपालिका–१ दलपुरेका टोपबहादुर भण्डारीले पश्चिम दक्षिणकै मेरुदण्डको रुपमा रहेको सो सडक सञ्चालनमा आएसँगै आवागमनमा सहज हुने बताए । उनका अनुसार सडक सञ्चालनमा आएसँगै कपुरकोट, छेश्वरी, त्रिवेणी र कालिमाटी गाउँपालिकाका स्थानीयलाई कर्णाली प्रदेशको राजधानी पुग्न सहज भएको छ ।

सडक सञ्चालन गर्दा जग्गाको विषय, ठेकेदारको लापरवाही, जनयुद्धको प्रभावलगायतका कारण वषौंदेखि रोकिदै आएको सडकले २८ वर्षपछि पूर्णता पाएको हो । स्थानीय वेदप्रसाद केसीले लुहाम, काभ्रा कालिमाटी जोड्न सडकको १६ किलोमिटरमा ट्रयाक खुलेको धेरै भएपनि बाँकी ट्रयाक खोल्न वर्षौ लागे पनि अहिले पूर्णता पाएको बताए ।

त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले अब सुर्खेत जान दुई जिल्ला पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताए । उनका अनुसार सिधा सडक सञ्जाल नहुँदा सुर्खेत पुग्न, दाङ, बाँके हुँदै जानुपथ््र्याे तर अब तीन चार घण्टामै सुर्खेत पुग्न सकिने भएको छ ।

साविकको जिल्ला विकास समिति हुँदादेखि नै ट्रयाक खोल्न बजेट विनियोजन हुनेगरेको भए पनि थोरै बजेटका कारण सडक सूचारु हुन सकिरहेको थिएन । पूूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख इन्जिनियर विनोद पुनले ४ किलो मिटर नयाँ ट्रयाक ओपन र लुहामदेखि काभ्रासम्म सडक चौडा गर्ने र ग्राभेल गर्ने गरी ६ करोडको लागतमा ट्रयाक ओपनसहित स्तरोन्नतिको काम सुरु भएको बताए ।

उनका अनुसार प्रदेश सरकारको गौरवको आयोजना अन्तर्गत रहेको लुहाम, काभ्रा कालिमाटी हुँदै प्रदेश राजधानी जोड्ने सडकले पूर्णता पाएको छ । प्रदेश राजधानी जोड्ने यस सडकको स्तरोन्नति अन्तर्गत ११ किलोमिटर कालोपत्रे गर्न ३५ करोड रुपियाँको टेन्डर आह्वान भइसकेको कार्यालयले जनाएको छ ।

ट्रयाकको उद्घाटन गर्दै कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले भौतिक, सामाजिक, सांस्कृतिक विकासमा कोही कसैले राजनीति गर्न नहुने बताए । उनले भने, ‘मुलुकको सामाजिक, आर्थिक विकासमा राजनीति गर्न हुँदैन ।’ तत्कालिन जिल्ला विकास समितिले सुरु गरेको सडकमा यसअघि २० करोड रुपैयाँ खर्च भैसकेको छ ।

‘खलंगा कुपिण्डे बालुवासंग्रही हुदैँ प्रदेश राजधानी जोड्ने सडक जिल्लाको महत्वपुर्ण र गौरवको सडक हो, जसले नागरिकलाई केही सहज बनाएको छ’ उहाँले भन्नुभयो ‘लुहाम काभ्रा कालिमाटी सडक अर्को महत्वपुर्ण सडक सञ्चालनमा आएको छ, यसलाई स्थानिय उत्पादनलाई निर्यात गर्ने सडकको रुपमा विकास गरिनुपर्छ, पर्यटन क्षेत्रको विकासमा समेत यसले टेवा पुर्याउने छ ।’

नेकपा एकीकृत समाजवादीका केन्द्रिय उपमहासचिव समेत रहनुभएका ज्वालाले यस सडकलाई जिल्लावासीले आर्थिक उपार्जनको क्षेत्रमा उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सडकको स्तरोन्नतीको लागि आफुले पहल गर्ने समेत बताउनुभएको छ । सडकको विकास विना बिकासका अन्य क्षेत्रहरुको बिकास असम्भव भएकाले सरकारले पनि प्राथामिकता दिएको उहाँको भनाइ छ ।

सडक उद्घाटन कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगी, कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसी, कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीम प्रकाश शर्मा, पुर्वाधार विकास कार्यालय सल्यानका प्रमुख विनोद पुन लगाएतको उपस्थिति रहेको थियो । निर्माण व्यवसायी धिरज रावतको अध्यक्षतामा भएको सडक उद्घाटन कार्यक्रमको सहजीकरण डिल्ली केसीले गर्नुभएको थियो ।

प्रदेश राजधानी जोडियो सल्यान पश्चिम, २८ वर्षमा २६ किलोमिटर ट्रयाक

९२ वर्षिय भण्डारीको निधन, एमाले नेता बोगटी

प्रदेश राजधानी जोडियो सल्यान पश्चिम, २८ वर्षमा २६ किलोमिटर ट्रयाक

९५ प्रतिशत कामदार सम्झौतापत्रमा लेखिएको भाषा बुझ्दैनन्

Leave a comment

Your email address will not be published. Required fields are marked *