कर्णालीमा १६ प्रतिशतसम्म मत बदर

सुर्खेत, १४ मंसिर ।

मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभानिर्वाचन अन्तर्गत कर्णाली प्रदेशका जिल्लामा करिब १६ प्रतिशतसम्म मत बदर भएको पाइएको छ । सम्बन्धित जिल्लाका निर्वाचन कार्यालयले दिएको प्रारम्भिक तथ्यांकअनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मात्रै ८ हजार ३१८ मत बदर भएको छ ।

दुईवटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा एक लाख ५४ हजार ८११ मत खसेकोमा आठ हजार ३०० भन्दा धेरै मत बदर भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जनाकारी दिए । यो करिब ५.३७ प्रतिशत हुन आउँछ ।

पाँच वर्षअघिको निर्वाचनको तुलनामा बदर मतको दर घटे पनि कर्णालीमा मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ । यस्तै, सबैभन्दा कम मतदाता रहेको हिमाली जिल्ला डोल्पामा करिब दुई हजार मत बदर भएको छ । निर्वाचन कार्यालय डोल्पाका अनुसार १७ हजार ८३७ मत खसेकोमा एक हजार ९९९ मत बदर भएको छ ।

जुन ११ प्रतिशभन्दा धेरै मत बदर हो । यस्तै, जाजरकोटमा ११ प्रतिशत मत बदर भएको निवार्चन कार्यालयले जनाएको छ । जाजरकोटमा प्रत्येक मतदान केन्द्रमा ४ देखि ११ प्रतिशत मत बदर भएको पाएको निर्वाचन कार्यालय जाजरकोटका निमित्त प्रमुख नविन कठायतले जानकारी दिए ।

कर्णालीमा १६ प्रतिशतसम्म मत बदर

YUGAAWHAN NATIONAL DAILY (2079-08-14)

Leave a comment

Your email address will not be published. Required fields are marked *