मेहेलकुनामा आँखा शिविर सञ्चालन हुँदै

दिलिप ढकाल
गुर्भाकोट (सुर्खेत), १६ चैत्र ।
पूर्वि सुर्खेतको गुर्भाकोट नगरपालिकामा सामुदायिक आँखा अस्पताल मेहेलकुनाले आँखा सम्बन्धि बिरामीको लागि निःशुल्क मोतिबिन्दु सल्यक्रिया सेवा सञ्चालन गर्ने भएको छ ।

नेपाल नेत्र ज्योति संघ सामुदायिक आँखा उपचार केन्द्रको आफ्नै सुबिधा सम्पन्न नयाँ भबन सञ्चालनको अबसरमा आँखाका बिरामीको लागि निःशुल्क मोतिबिन्दु सल्यक्रिया हुन लागेको सामुदायिक आँखा अस्पताल मेहेलकुनाका अध्यक्ष तथा गुर्भाकोट नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष बिर्ख बहादुर नेपालीले जानकारी दिनुभयो ।

यहि चैत्र १७ र १८ गते आँखा सम्बन्धि बिरामीको छनौंट हुनेछ । छनौंटमा सामान्य आँखाको बिरामीलाई औषधी तथा परामर्श दिएर घर पठाईने र जटिल समस्या भएका बिरामीलाई यहि चैत्र १९ गते सामुदायिक आँखा अस्पताल मेहेलकुनामै निःशुल्क मोति बिन्दुको सल्यक्रिया हुने अस्पतालका अध्यक्ष बिर्ख नेपालीले जानकारी दिनुभयो ।

आँखा अस्पतालको भवन हाल पहिलो तलाको निर्माण सम्पन्न भएको र दोस्रो तलामा १३ कोठे भबन निर्माण कार्य सुरु भएको छ । स्वास्थ्य मन्त्रालयको ५० लाख र प्रदेश सरकारको ४० लाख अनुदानमा आँखा अस्पतालको पहिलो तलाको भवन निर्माण सकिएको हो ।

त्यस्तै दोस्रो तलाको लागि प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले ५० लाख बिनियोजन गरेर निर्माण कार्य सुरु भएको हो । मेहेल्कुनामै आँखा उपचार तथा मोति बिन्दु सल्यक्रिया हुने भएपछी पूर्वि सुर्खेतका धेरै जनताहरु आँखा उपचारको लागि सुर्खेत र नेपालगञ्ज जानुपर्ने बाध्यता हट्ने बिश्वास लिएको अस्पताल अध्यक्ष बिर्ख बहादुर नेपालीले बताउनुभयो ।

मेहेलकुनामा आँखा शिविर सञ्चालन हुँदै

‘सेटिङ’ गरिएको ६५ करोडको जगदुल्ला आयोजनाको ठेक्का

मेहेलकुनामा आँखा शिविर सञ्चालन हुँदै

सेनाको निगरानीमा जनक शिक्षामा मतपत्र छापिने

Leave a comment

Your email address will not be published. Required fields are marked *