चर्को ब्याजविरुद्ध आन्दोलन

जुम्ला,१३ मंसिर ।

बैंक तथा वित्तीय संस्थाद्वारा हालै जारी चर्को ब्याजदर फिर्ता हुनुपर्ने माग राख्दै जुम्लाका उद्योगी–व्यवसायीहरू आन्दोलित भएका छन् । उनीहरूले पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै तत्काल ब्याजदर फिर्ता गरिनुपर्ने माग राखेका हुन् ।

उद्योग वाणिज्य संघका अध्यक्ष पुरिचन्द्र देवकोटाले प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीलाई ज्ञापनपत्र बुझाए । ‘कोरोनाका कारण कलकारखाना पूर्णरूपमा प्रभावित छन्, व्यापार–व्यवसायमा तीव्र्र गिरावट आएको छ,’ उनले भने, ‘यस्तो बेलामा राहत दिनुको साटो चर्को ब्याजदर बढ्दा व्यवसाय नै धरापमा पर्न थाले ।’ बैंक तथा वित्तीय संस्थाद्वारा हालै लागू गरिएको चर्को ब्याजदर फिर्ता हुनुपर्ने स्थानीय व्यवसायी कमल देवकोटाले बताए ।

‘अहिले ऋणीहरूले तिरेको थप ब्याज फिर्ता हुनपर्छ, उद्योगीहरूलाई सहजीकरणका लागि आन्तरिक राजस्व कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा हेल्पडेक्स स्थापना गर्न जरुरी छ,’ उनले भने, ‘घरदैलो तथा घुमन्ते व्यवसायलाई कानुनी दायरामा ल्याएर सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्छ ।’

कोरोनाका कारण मजदुर तथा कर्मचारीहरू कटौती हुँदा लघु तथा साना उद्योगहरूमा उत्पादन घटिरहेको अर्का व्यापारी मनिक चौलागाईंले बताए । देश नै आर्थिक संकटको अवस्थामा रहेका बेला देशको अर्थतन्त्रको मुख्य मेरुदन्डका रूपमा रहेको निजी क्षेत्रलाई सबैले प्रोत्साहन गर्नुपर्नेमा उवासंघका अध्यक्ष देवकोटाले जोड दिएका छन्  ।

कान्तिपुर

चर्को ब्याजविरुद्ध आन्दोलन

मतदानपछि कामको खोजीमा भारत

चर्को ब्याजविरुद्ध आन्दोलन

ज्येष्ठ नागरिकको घरमै उपचार

Leave a comment

Your email address will not be published. Required fields are marked *