मतदानपछि कामको खोजीमा भारत

जाजरकोट,१३ मंसिर ।

जाजरकोटका ग्रामीण भेगका सर्वसाधारण मतदानपछि रोजगारीका लागि भारत जान थालेका छन्। प्रदेश तथा प्रतिनिधि सभाका सदस्य गाउँगाउँमा विजयोत्सव मनाइरहेका बेला मतदाताचाहिँ श्रमको खोजीमा भौँतारिएका छन्। गाउँबस्तीमा श्रमको सुविधा नहुँदा जाजरकोटका ग्रामीण बस्तीबाट बर्सेनि हजारौँ युवा भारतका विभिन्न क्षेत्रमा रोजगारीका लागि जाने गर्दछन्।

भेरी नगरपालिका–१२ का भीमबहादुर रानाले भने, “मत दिएर विजयी भएका सांसदहरू सहर पसे, आफूहरू ज्याला मजदुरी गर्न भारत जान लागेका छौँ।” उनले गाउँमा रोजगारी नहुँदा चिसो मौसममा पनि घरपरिवार छोडेर दुई पैसा कमाउन भारत जानु परेको दुःखेसो गरे। भारतमा मजदुरी गर्न जानेहरू

मङ्सिरदेखि फागुन महिनासम्म ज्यानको प्रवाह नगरी बालुवा, ढुङ्गा, बोकेर पैसा कमाउने कार्यमा सक्रिय रहन्छन्। गाउँघरतिर काम पर्याप्त पाइने भएकाले भारतको गढवाल गएर बालुवा, ढुङ्गा बोक्ने काम गर्नु परेको भेरी नगरपालिका–१२ का बुदे रानाले बताए ।

चुनावमा मत माग्दा हामी रोजगारी ज्याला मजुदरी दिन्छौँ भन्दै गाउँबस्तीमा हिँड्ने गरेका नेताहरू चुनाव जितेपछि पाँच वर्ष गाउँमा नदेखिने गुनासो उनको छ। उनले भने , “ज्याला मजुरीका काम पाइँदैन, बूढो हुँदा पनि काम खोज्दै भारत जानुपरेको छ।” उनले ज्याला मजदुरीका लागि भारत नगए परिवार पाल्न र बालबालिकालाई शिक्षा दिनसमेत नसकिने बताए ।

भेरी नगरपालिका–१२ का नरबहादुर लुहारले श्रम र रोजगारीकै लागि छोरालाई साथमा लिएर भारतको गढवालमा ढुङ्गा बालुवा ढुवानी गर्न जान लागेको बताए । उनले घरआँगनमै सिंहदरबार आए पनि श्रमिकलाई रोजगारी सिर्जना गर्न नसकेको गुनासो व्यक्त गरे ।

गोरखापत्र

मतदानपछि कामको खोजीमा भारत

लक्षित वर्गमा स्थानीय तहको लगानी

मतदानपछि कामको खोजीमा भारत

चर्को ब्याजविरुद्ध आन्दोलन

Leave a comment

Your email address will not be published. Required fields are marked *