तीज भड्किलाे नबनाउन स्थानीय तहको अनुरोध

दिलिप ढकाल
सुर्खेत, १३ भदौ ।
हिन्दु नेपाली हरुको महान पर्ब हरितालिका तिजको अबसरमा गाउ-घर तथा शहर बजारमा नाचगान तथा रमाईलो सुरु भएको छ। तिजको अबसरमा स्थानिय तहले त झन् सास्कृतिक कार्यक्रमको पनि आयोजना गर्ने गरेका छन्। तर यसरी नाचगान तथा मेला महोत्सबमा पुरानो रिति रिवाज तथा चालचलन हराउदै गएको मा बुढापाका हरु भने खुसि छैनन् । परम्परागत, धार्मिक महत्वकाे पर्व तीजलाइ भड्किलाे नबनाउन स्थानीय तहका जनप्रतिनिधिहरुले सबैमा अाग्रह गरेका छन् ।

गाउघरमा उमेरले बुढा देखिने हजुर बुवा हजुर आमा त झन् पहिलाको र अहिलेको नाचगान र गित संगीतमा धेरै फरक भएको बताउछन्। पहिलेका गित संगीतमा बर्षदिनमा आउने चाडपर्बको मौका छोपी चेलिबेटीले आफ्नो दुख पोख्ने गरेका हुन्थे तर अहिलेका गीतमा त नारिहरुको कुनै पिडा तथा दुख नसमेटिने गरेको भेरिगंगा नगरपालिका ८ कि ७० बर्षिय हरिकला बुढाले बताउनु भयो।

त्यस्तै गुर्भाकोट नगरपालिका वडा नम्बर ६ का सन्त डाँगीले पनि पहिलाको तिज गित जस्तो अहिलेको गीतमा मौलिकता नभेटिने गरेको बताउनु हुन्छ। साथै पहिला रअहिले चाड पर्ब मनाउने चलन पनि फरक भएको बुढापाकाले बताउने गरेका छन्।

यसै बीच पछिल्लो समय चाड पर्ब मनाउने नाममा असभ्य ,असोभनिय तथा समाजमा अपाच्य गति-बिधि बढेको भन्दै स्थानिय सरकारले चाडपर्ब लाई मौलिकताको रुपमा मनाउन समेत आग्रह गरेका छन्।

विभिन्न वडा तथा नगरपालिकाले सूचना जारि गर्दै समाजमा शान्ति सुरक्षा र मौलिकताको बाताबरण श्रीजना गर्न समेत आग्रह गरेका छन्। साथै राति ८ बजे सम्म मात्र पसल खुल्ला गर्न,राति १० बजे सम्म मात्र नाचगान तथा मनोरन्जन गर्न र ठुलो आवाजमा डेग तथा स्पिकर नबजाउन समेत आग्रह गरेका छन्।

तीज भड्किलाे नबनाउन स्थानीय तहको अनुरोध

अल्ट्रा दौडमा जुम्लाकी सुनमाया फ्रान्समा दोस्रो

तीज भड्किलाे नबनाउन स्थानीय तहको अनुरोध

YUGAAWHAN NATIONAL DAILY (2079-05-13)

Leave a comment

Your email address will not be published. Required fields are marked *