ब्राजिलमा भारी वर्षा र बाढीमा परी ३७ जनाको मृत्यु, हजारौँ विस्थापित

एजेन्सी । भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर उत्तरी ब्राजिलमा कम्तीमा पनि ३७ जनाको ज्यान गएको छ ।

उत्तरी ब्राजिलको रेसिफ सहर र त्यसवरपर भारी वर्षाका कारण ती नागरिकको ज्यान गएको यहाँका अधिकारीहरूले जानकारी दिएका छन् ।

ब्राजिलको उत्तर पश्चिमी प्रेनाम्बुकको राज्यमा शुक्रबारदेखि पानी परेको थियो । निरन्तरको वर्षाले शनिबारसम्म यहाँका ३७ जनाको ज्यान गएको अधिकारीहरूले जानकारी दिएका छन् ।

यहाँको अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन् । सो राज्यमा दुईजनाको वर्षाका कारण ज्यान गएको बताइएको छ ।

रेसिफ सहरको नजिकै गएको पहिरोमा परेर शनिबार मात्र २० जनाको ज्यान गएको अधिकारीहरूले जानकारी दिएका छन् ।

सो सहरमा वर्षा जारी नै रहेकाले सतर्कता अपनााउन भनिएको छ । रासस/सिन्ह्वा

ब्राजिलमा भारी वर्षा र बाढीमा परी ३७ जनाको मृत्यु, हजारौँ विस्थापित

एउटै घरमा बिहे गरेका ३ दिदीबहिनीले सन्तानसहित

Leave a comment

Your email address will not be published. Required fields are marked *