समावेशी, समानुपातिक शासन व्यवस्था गणतन्त्रको उपलब्धि हुन् : मुख्यमन्त्री शाही

सुर्खेत । आज देशभर गणतन्त्र दिवस मनाइँदै छ । कर्णाली प्रदेशमा पनि भव्यताका साथ गणतन्त्र दिवस मनाइएको छ ।
गणतन्त्र दिवस मनाउनका लागि मुख्यमन्त्री जीवनबहादुर शाहीको संयोजकत्वमा समिति समेत गठन गरिएको थियो।
आइतबार बिहान राजधानीको मंगलगढी चोकबाट प्रभातफेरि सुरु गरेर सिटी हलमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रमका मुख्यमन्त्री, सभामुख, प्रदेश प्रमुखदेखि विभिन्न निकायका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले गणतन्त्र स्थापना पश्चात नै समावेशी, समानुपातिक शासन व्यवस्था, धर्मनिरपेक्षता, संघीयता लगायतका महत्वपुर्ण राजनीतिक उपलब्धिहरु प्राप्त गरेको बताएका छन् ।
साथै उनले संविधानद्धारा संरक्षित लोकतान्त्रिण गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो सामाजिक एवं राजनीतिक जीवन पद्धतिका रुपमा संस्थागत हुँदै गइरहेको पनि उल्लेख गरे ।
प्रदेश प्रमुख तिलक परियारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाद्धारा राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधिनता अझ सुदृढ गदैै संविधानको परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न उर्जा मिल्ने बताए ।








