ब्राण्ड स्टोरी : लगनशील महिलाका ढाँका कपडा उत्पादन

पुनम विसी
सुर्खेत, १२ असोज ।
वीरेन्द्रनगर–६ स्थित पिपल चौतारी रोडदेखि बुद्वपथतिर जाने क्रममा दाँयातर्फको दोस्रो सटरमा लगनशीलका स्वरोजगारी उत्पादनहरु भेट्न सकिन्छ । वीरेन्द्रनगरमा महिलाहरुले उत्पादन गरेका यी सामाग्री ‘ लगनशील कोशेली टेक्स्टायल उद्योग’ले बिक्रि वितरण गर्न थालेको वर्षौ भईसक्यो ।

वीरेन्द्रनगर कार्यक्षेत्र रहनेगरी महिलाहरुको नेतृत्वमा एउटा सहकारी छ, ‘लगनशील महिला लद्यु उद्यमी सहकारी संस्था ।’ यो कोशेली गृह सोहि सहकारीले सञ्चालनमा ल्याएको हो । यहाँ ६५ जना भन्दा बढि महिलाहरु आवद्व छन् । उनीहरुमध्ये कोहि आफ्नो घरमै बसेर हस्तकलाका सामाग्री तयार गर्छन् त कोहि टेलरमा आएरपनि ।

लगनशील कोशेली टेक्स्टायल उद्योगको बिक्रि कक्ष नजिकै सहकारीले टेलर्स पनि सञ्चालनमा ल्याएको छ । बिक्रिका लागि राखिएका हस्तकलाका धेरै सामाग्री त यही टेलरमै बन्छन् । वि.सं. २०६७ सालमा स्थापना भएको ल ग न श ी ल महिला लद्यु उद्यमी सहकारी संस्था अहिलेको समयमा नौं सय ९७ जना सेयर सदस्य जोडिएका छन् ।

अधिकांश सेयर सदस्य महिलाहरु नै छन् । साथै वीरेन्द्रनगरका प्रत्येक समुदायमा सहकारीका ५४ वटा समूह गठन भ ए क ा छन् । यी समूहहरुमा एक हजार जना भन्दा बढी महिलाहरु आवद्व छन् । सुर्खेतका लागि सम्भवत हस्तकलामा ढाकातर्फका प्रशिक्षक उत्पादन गर्ने समूह नै लगनशील महिला लद्यु उद्यमी सहकारी संस्था हो । लगनशील महिला लद्यु उद्यमी सहकारी संस्थाकी प्रवन्धक रत्ना रानाले भनिन्, ‘सम्भवत् ढाकाको सामाग्री बनाउन सिकाउने विषयमा हामी पहिलो हुनुपर्छ ।

संस्थाले दिएको तालिमका सहभागीले सुर्खेत बाहिरका जिल्लाहरुमा प्रशिक्षण दिई सक्नुभएको छ ।’ यस प्रक्रियाले समेत सहकारीले कर्णालीमा स्वरोजगारको पक्षमा सघाउ पु¥याईरहेको उनको भनाई छ । प्रशिक्षकहरुले कोशेली गृहमार्फत कच्चा पदार्थ समेत बोकेर विभिन्न जिल्ला पुग्छन् । त्यहाँ तालिम दिन्छन् । स्थानीयस्तरमै सामाग्री बिक्रि पश्चात बचेको उत्पादित सामाग्री कोशेली गृह ल्याइन्छ र यहिबाट बिक्रि हुन्छ ।

सहकारीतर्फको पूंजी ५० करोड रुपैयाँ बढी छ । कोशेली गृह स ञ् च ा ल न क ा लागि संस्थाले सेयर सदस्यलाई नै जिम्मा दिएको छ । सेयर सदस्यको समेत लगानीले कोशेली गृह सञ्चालनमा छ । हस्तकलाका सामाग्री बिक्रिवापत वार्षिक रुपमा सहकारी संस्थालाई समेत आम्दानी आउँछ । प्रबन्धक रानाले भनिन्, ‘कोशेली गृहमा सहकारी र सेयर सदस्यको संयुक्त लगानी छ । सहकारीलाई त्यहाँबाट समेत मुनाफा प्राप्त हुन्छ ।’

बजार योजना हस्तकलाका सामाग्रीको उत्पादन बढाउन सकिएतापनि बजार अभावका कारण लगनशील कोशेली टेक्स्टायल उद्योगले उत्पादनलाई बढाएको देखिदैन। सहकारी माध्ययमबाट शुरु भएको भएकाले पनि यसको ग्राहक सीमित छन् ।

सीमित समुदायले यसका उत्पादन प्रयोग गरिरहेका छन् । तर वर्तमान समयमा भने उद्योगले बजार प्रर्वद्वनका लागि नौला उपाय अपनाएको देखिदैन । िन य िम त ग्राहकका मागहरुलाई मात्र सम्बोधन प्रयास गरिरहेको उद्योगले हालको समयमा प्रविधिको प्रयोगले बजार बढाउनसक्ने सम्भावना देखिन्छ । हस्तकला उत्पादनको खास बजारसम्म यो उद्योग प्रवेश गरेको भने छैन ।

डोल्पादेखि काठमाण्डौंसम्म
लगनशील कोशेली टेक्स्टायल उद्योगले वार्षिक रुपमा २० लाख रुपैयाँ बढीको कारोवार गर्छ । काठमाण्डौं, सुर्खेत, कालिकोट, जुम्ला र डोल्पामा यसका ग्राहकहरु छन् । बिक्रि कक्षमार्फत अहिले हस्तकलाबाट निर्मित सारी, पछ्यौरा, शल, लुङ्गी, हाते झोला, गुरुङ्ग–मगर समुदायको पोशाक, टोपी, स्वीटर, पर्सलगायतका सामाग्री बिक्रि वितरण भईरहेको छ । प्रवन्धक रानाले भनिन्, ‘ बजारको मागअनुसार उत्पादन बढाउन पनि सकिन्छ ।

उद्योगले उत्पादन क्षमता अनुसारको अझै बजार पाएको छैन ।’ लगनशील कोशेली टेक्स्टायल उद्योगको अर्को विशेषता हो, कच्चा पदार्थको बिक्रि र उत्पादन खरिद प्रक्रिया । ढाकाका हस्तकला सामाग्री निर्माणका लागि आवश्यक पर्ने कच्चापदार्थ उद्योगले बिक्रि समेत गर्छ । यहाँ आवद्व महिलाहरु कच्चा पदार्थ खरिद गरि लैजान्छन् ।

उत्पादन बिक्रि गर्न नसके कोशेली गृहलाई नै बिक्रि गर्छन् । यस प्रक्रियाले वीरेन्द्रनगरमा कैयौँ महिलालाई स्वरोजगारको बाटोमा सघाएको छ । प्रवन्धक रानाले भनिन्, ‘कोशेली गृहले महिलाका लागि धागो उत्पादन गराउँछ । हस्तकलाका सामाग्री बनाएर उहाँहरु आफैले बेच्नुहुन्छ । नभए यहाँ कोशेली गृहमा ल्याएर छोड्दा पनि हुन्छ ।

ब्राण्ड स्टोरी : लगनशील महिलाका ढाँका कपडा उत्पादन

सम्पादकीय : व्यवहारिक नीति बनाउ

ब्राण्ड स्टोरी : लगनशील महिलाका ढाँका कपडा उत्पादन

सल्यानमा जीप दुर्घटना ८ जनाको मृत्य, १

Leave a comment

Your email address will not be published. Required fields are marked *