निजामति ऐन जारी गर्न माग

सुर्खेत, १२ भदौं ।
नेपाल निजामती कर्मचारी संगठनले संघीय निजामती सेवा ऐन र प्रदेश निजामति सेवा ऐन यथाशीघ्र जारी गर्न संघ सरकार र प्रदेश सरकार समक्ष माग गरेको छ । संगठनको प्रदेश कार्यसमितिको शनिबार वीरेन्द्रनरमा बसेको बैठकले कार्यसमितिको दोस्रो पूर्ण बैठकले यस्तो माग गरेको हो ।

बैठकले संगठनलाई सुदृढीकरण गरेर लैजाने, समितिको आगामी बैठक तथा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम पुस २२ र २३ गते गर्ने निर्णय गरेको छ । यस्तै, कर्णाली प्रदेशमा पालिका अधिवेशन गर्न बाँकी रहेका स्थानीय तहहरुको पालिका अधिवेशन आगामी मंसिर मसान्तसम्म सक्ने पहल गर्ने निर्णय गरेको महासचिव राजेश आचार्यले जानकारी दिए ।

महासचिव राजेश आचार्यले प्रस्तुत गरेका संगठनिक प्रतिवेदन सुझावहरु सर्वसम्मत पारित गर्दै बैठकले विभिन्न ९ वटा निर्णय गरेको बताइएको छ । बैठकमा संगठनका केन्द्रीय सल्लाहकार मोहन गिरी, संगठन कर्णाली इन्चार्ज प्रयागराज शर्मा, पेशागत महासंघ कर्णाली इन्चार्ज डोरप्रसाद उपाध्याय, सह–इन्चार्ज शिवप्रसाद सापकोटालगायतको उपस्थिति रहेको जनाइएको छ ।

निजामति ऐन जारी गर्न माग

सम्पादकीय : धन्यवाद माओवादी !

निजामति ऐन जारी गर्न माग

पञ्चपुरी नगरपालिकामा माओवादी केन्द्रको ११ बुदे मागपत्र

Leave a comment

Your email address will not be published. Required fields are marked *