विद्यालय कर्मचारी परिषदको भेला सम्पन्न,१२ गतेदेखि विद्यालय बन्द गर्न सर्कुलर

दुर्गा विसि
सल्यान, १२ भाद्र ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा विद्यालय कर्मचारी परिषदको भेला सम्पन्न भएको छ ।शनिबार वसेको कर्मचारीको भेलाले आन्दोलनलाई सहयोग पुर्याइ माग पूरा गर्ने कुरामा सकारात्मक भुमिका निभाइदिनु हुन सवै पक्षसँग आग्रह गरेको छ ।

विद्यालय कर्मचारीको आन्दोलनलाई शिक्षक महासंघ नगर अध्यक्ष अकबर पुन,नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष नारद पुन,अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि खुम प्रकाश वस्नेत,नेपाल शिक्षक संघका प्रतिनिधि रिता वलि,प्रगतिशील संगठनका पुष्कर विसिले भेलामै उपस्थिति भैइ विद्यालय कर्मचारी परिषदको जायज माग प्रती एकेवद्द्रा व्यक गरे ।

विद्यालयका कर्मचारीले भदौ १ गतेदेखि विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएका छन्। सरकारले उनीहरूको माग सम्बोधन नगरेपछि उनीहरूले भदौ ५ गते थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए।

विद्यालयका कर्मचारीले भदौ १२ गतेदेखि १८ गते सम्म एक साता सामुदायिक विद्यालय बन्द गर्ने यसअघि नै घोषणा गरिसकेको छ। परिषद्को राष्ट्रिय समितिको निर्णयबमोजिम आन्दोलनका कार्यक्रमको निरन्तरता स्वरुप आन्दोलनका कार्यक्रमको रुपरेखा परिवर्तन गर्दै सरकारलाई दाबाब दिने र छलफल पनि गर्दै जाने जनाएको छ।

परिषदले शुक्रबार डिजिटल आन्दोलनको रुपमा दबाबरुवरुप शिक्षामन्त्री, मन्त्रालयका उच्च पदस्थ कर्मचारी र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकलाई आफ्ना मागका सम्बन्धमा सन्देश पठाएका थिए। परिषद्ले १२ गते देखि १८ गते सम्म एक हप्ता सामुदायिक विद्यालय बन्द गर्ने र १९ गते काठमाडौँमा बृहत् प्रर्दशन गर्ने जनाएको छ।

परिषद् नगर अध्यक्ष विरवहादुर पुनले सरकारले आफ्नो माग नसुनेपछि आन्दोलन गर्नुको विकल्प नभएको र सोहीअनुसार आन्दोलनको स्वरुप परिवर्तन गर्दै छलफल गर्दै अघि बढ्ने बताए। उनले भने, ‘हाम्रो माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ । केन्द्रले सरकारसँग छलफल गरिरहेको छ भने कुरा सकारात्मक नै भए पनि मागका विषयमा कुनै सम्बोधन भएको छैन।’

परिषद्ले विद्यालयका कर्मचारीहरूलाई पूर्ण सेवा सुविधाको ग्यारेन्टीसहित विद्यालय कर्मचारी सहायक ९लेखापाल० मा कार्यरत कर्मचारीलाई ३६ हजार ७३० तलब कायम गर्नुपर्ने, विद्यालयमा कार्यरत सहयोगीहरूका लागि २६ हजार २१० रुपैयाँ तलब काम गर्न माग गररिएको छ।

यस्तै ६० वर्षको उमेर हदका कारण अवकाश गरिएका विद्यालय कर्मचारीका लागि नेपाल सरकारले तत्काल कार्यविधिमार्फत सम्पूर्ण सेवा सुविधाको प्रबन्ध गर्नुपर्ने, संघीय शिक्षा ऐन, शिक्षा ऐन २०२८ को संशोधनमा विद्यालय कर्मचारीको सेवा सुविधाको स्पष्ट प्रबन्ध गरिनुपर्ने लगायतको माग अघि सारिएको छ।

परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पुर्‍याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने, संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविच्छिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीलाई एक पटकका लागि उमेर हद नलाग्ने प्रबन्ध गर्नु पर्ने, ६० वर्ष उमेर पुगेर अवकाश भईसकेका विद्यालय कर्मचारीहरूलाई प्रचलित कानुनबमोजिम शिक्षक सरहको सेवासुविधा उपलब्ध गराई ससम्मान अवकाशको व्यवस्था गर्नु पर्ने माग गरेको छ।

विद्यालय कर्मचारीलाई उच्च शिक्षा अध्ययनका लागि अध्ययन विदा, सन्तति वृत्ति आदिको प्रबन्ध गरिनुपर्ने, विभिन्न समयमा गरिएका सहमति, सम्झौता तथा पटकपटक सर्वोच्च अदालतबाट दिइएको निर्देशन कार्यान्वयनमा ल्याउनुपर्ने उनीहरूको माग छ।

चरण बद्द आन्दोलनको कार्यक्रम अन्तर्गत स्थानीय तहमा भेला भैइ केन्द्रको सर्कुलेशन अनुसार भाद्र १२ गतेदेखि १८ गतेसम्मको विद्यालय बन्द कार्यक्रमलाई सफल वनाउनका निम्ति परिषद्ले यश नगरका ६५ वटा विद्यालयलाइ पत्राचार गरेको छ ।

कार्यक्रम केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि खुमा कुवर,प्रदेश उपाध्यक्ष कल्पना शाहले समेत मन्तव्य राखेका थिए ।नगर अध्यक्ष पुनको सभा अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मोहनराज विसिले गरेका थिए ।

विद्यालय कर्मचारी परिषदको भेला सम्पन्न,१२ गतेदेखि विद्यालय बन्द गर्न सर्कुलर

YUGAAWHAN NATIONAL DAILY (2079-05-11)

विद्यालय कर्मचारी परिषदको भेला सम्पन्न,१२ गतेदेखि विद्यालय बन्द गर्न सर्कुलर

घटनास्थल पुगेर पहिरोले गरेको क्षेतिको एकीन गर्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *