सुर्खेतमा लाग्यो २४ घण्टे कर्फ्यु

वीरेन्द्रनगर, १६ फागुन ।
एमसीसीका विरुद्धमा भएको प्रदर्शनले उग्र रुप लिन थालेपछि सुर्खेतमा २४ घण्टे कर्फ्यु लगाइएको छ । जिल्ला सुरक्षा समिति सुर्खेतको बैठकले फागुन १६ गते सोमबार साँझ ८ः१५ बजेदेखि फागुन १७ गते मंगलबार साँझ ७ः०० बजेसम्मका लागि कफर्यु आदेश गरेको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा जिल्ला स्थित सुरक्षा प्रमुखहरु सहितको बैठकले २४ घण्टा कफर्यु लगाउने निर्णय गरेको हो । स्थानीय प्रशासन ऐन (संशोधन सहित) २०२८ को दफा ६ (क) बमोजिम कफर्यु आदेश गरिएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगरको वीरेन्द्रनगर–७ सरकारी कार्यालय क्षेत्र, पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू लगाएको छ ।

सुर्खेतमा लाग्यो २४ घण्टे कर्फ्यु

आगजनी र तोडफोड हुन थालेपछि सुर्खेतमा कर्फ्यु

सुर्खेतमा लाग्यो २४ घण्टे कर्फ्यु

सुर्खेतमा भएको प्रदर्शन (फोटो फिचर)

Leave a comment

Your email address will not be published. Required fields are marked *