गठबन्धनका उम्मेदवार खड्काविरुद्धको दावि विरोध खारेज

मोहन सिंह ठकुरी
जाजरकोट, १४ बैशाख ।
नेकपा एमाले भेरी नगर कमिटीले निर्वाचन कार्यालयमा हालेको दावी विरोध खारेज भएको छ । सत्तागठबन्धन भेरी नगरपालिका नगर प्रमुखका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादी नेता कमान खड्का ठेक्कापट्टामा संलग्न रहेको भनि दिएको दावी विरोध बुधबार १४ गते निर्वाचन कार्यालयले खारेज गरिदिएको हो ।


अहिले फर्म कमान खड्काको नाममा नरहेको र एमालेले आरोप लगाएको सन्तोष कन्स्ट्रक्सन प्रेम खड्काको नाममा रहेकोले उम्मेदवार यथावत रहने भन्दै दावी विरोध निर्वाचन कार्यालयले खारेज गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत सुशिल आचार्यले जानकारी दिए ।


विभिन्न ठेक्कापट्टामा संग्लन रही अलपत्र पारेको भन्दै नेकपा एमालेले उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन कार्यालयमा उजुरी पेश गरेको थियो ।

गठबन्धनका उम्मेदवार खड्काविरुद्धको दावि विरोध खारेज

YUGAAWHAN NATIONAL DAILY (2079-01-14)

गठबन्धनका उम्मेदवार खड्काविरुद्धको दावि विरोध खारेज

हिमा गाउँपालिकामा माओवादी कार्यकर्ताबीच झडप, एक जना

Leave a comment

Your email address will not be published. Required fields are marked *