उद्योग वाणिज्य संघका पदाधिकारीलाई बधाई

सुर्खेत, १४ बैशाख ।
उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । नेपाल क्रेडिट एन्ड कर्म्स बैंक लि. वीरेन्द्रनगरले सुर्खेत उद्योग बाणिज्य संघ १३ औं नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रम गरिएको छ ।
कार्यक्रममा बैंकको तर्फ प्रदेश प्रमुख चेतकान्त जैशी बन्जाडे, तथा संघको तर्फबाट अध्यक्ष लक्ष्मण कंडेल र बरिष्ठ उपाध्यक्ष गणेश बस्नेतले आ–आफ्नो भनाई राखेका थिए । उक्त कार्यक्रममा अध्यक्ष लक्ष्मण कँडेलले निजि क्षेत्र र बंैकहरुले सहकार्य गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
बैंकका प्रदेश प्रमुख चेतकान्त जैशी बन्जाडेले हाल देखिएको तरलताको समस्या समाधानका लागि निजि क्षेत्र र बैंकले हातेमालो गर्दै अघि बढ्नुपर्ने कुरा राखेका थिए । बंैकका तर्फबाट कार्यक्रममा बैंकका शाखा प्रवन्धक निरन्जन कुमार ज्ञवाली, प्रदेश र शाखाका कर्मचारी लगायत नवनिर्वाचित संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।






