वित्तिय साक्षरता सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

सुर्खेत ।
लेकवेशी नगरपालिका-९ को खाँडदेवी उच्च माध्यमिक विद्यालयमा बित्तीय साक्षरता अभिवृब्ी सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

गत चैत ७ गतेदेखि सुरु भएको (Global Money Week २०२२ सप्ताह) अन्तरगत “बित्तीय साक्षरता मार्गदर्शन २०७८” आइतवार (आज)सम्पन्न भएको हो । कार्यक्रमका अवसरमा बैंकको सामाजिक उत्तर दाहित्व अन्तरगत हिमालयन बैंक लिमिटेड, कणर्ाली प्रदेश कार्यालयले कार्यक्रमको आयोजना गरेको हो ।

कक्षा ११ र १२ मा अध्ययनरत बिद्यार्थीहरुलाइ बिक्तीय साक्षरता सम्वन्धी जानकारी गराइएको हो । कार्यक्रमका अवसरमा बैंकका प्रदेश प्रमूख गुरु पुडासैनीले वर्तमान परिपेक्षमा बैंक तथा बित्तिय संस्थाको उदेश्य आवश्यकता र महत्वको बारेमा चर्चा गरेका थिए ।

सामाजिक उत्तरदाहित्व अन्तरगत हिमालयन बैंकले केन्द्रिय तथा प्रदेश स्तरबाट बिभिन्न कार्यक्रमहरु आयोजना गरी आम जनसमुदायमा बिभिन्न किसिमबाट जानकारी मुलक कार्यक्रम संंंचालन गरी रहेको पुडासैनीले बताए ।

बिपन्न वर्गमा लक्षीत बिभिन्न किसिमका आर्थिक सहयोग गरेको भन्दै विद्यालयहरुमा शैक्षिक सामाग्री उपलव्ध गराएको पुडासैनीको भनाई छ । साक्षरता कार्यक्रममा बैंकका सोवित पन्तले बिद्यार्थीहरुलाई बित्तीय साक्षरता अभिवृद्धी सम्बन्धि जानकारी दिएका थिए ।

वित्तिय साक्षरता सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

कर्णालीमा ८६७ रिक्त  जनशक्तिको पदपूर्ति हुन्छ :

वित्तिय साक्षरता सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

एमाले एक्लै चुनावमा जान्छ : अध्यक्ष शर्मा

Leave a comment

Your email address will not be published. Required fields are marked *