११२ किलोवाट क्षमताको विद्युत् उत्पादन सुरु

हुुम्ला, १९  साउन ।

ताँजाकोट गाउँपालिकास्थित कर्पुखोला लघुु जलविद्युुत्बाट ११२ किलोवाट क्षमताको विद्युत् उत्पादन भएको छ । निर्माणका लागि सम्झौता भएर छोटो समयममै काम सम्पन्न हुँदा उपभोक्ताले विद्युत् उपभोग गर्न पाएका छन् । योजनाका लागि बेलायती सेनाको सहयोग रहेको काँधुरी संस्थाका साइट इन्चार्ज लीला राईले बताए  । ११२ किलोवाट विद्युत् उत्पादन क्षमताको योजनाको काम सम्पन्न भएर सेवाग्राहीका घरघरमा विद्युत् बलेको उनले जनाए  ।

अब सेवाग्राहीले यसअघिको सोलार टुकी वा दियालो बाल्नुुपर्ने बाध्यताबाट छुटकारा पाएका छन् । यसबाट उक्त गाउँपालिकाका ३, ४ र ५ नम्बर वडाका ९०२ घरधुुरीका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् ।

उनले योजनाका लागि आठ करोड ४४ लाख ९८ हजार ४३८ रुपियाँ काँधुरी संस्थाले बेहोरेको र स्थानीय उपभोक्ताले दुई करोड ५५ लाख नौ हजार ६० रुपियाँ बराबरको श्रमदान गरेको जानकारी दिए । इन्चार्ज राईलगायत १८ जना कामदार उक्त आयोजना सम्पन्न गर्न रातदिन खटिएका थिए ।

संस्थाले विद्युत् योजनाको निर्माण पूरा गरेर सञ्चालनमा आएपछि समितिको जिम्मा लगाएर बिदा भएको छ । स्थानीय जयरुद्र ढकालले लघुु जलविद्युुत् योजनाको सम्पूर्ण काम एकसाथ सुुरु भएको बताए  ।

स्राेत ः गाेरखापत्र

११२ किलोवाट क्षमताको विद्युत् उत्पादन सुरु

ज्येष्ठ नागरिकलाई भत्ता बुझ्न सकस

११२ किलोवाट क्षमताको विद्युत् उत्पादन सुरु

YUGAAWHAN NATIONAL DAILY (2079-04-10)

Leave a comment

Your email address will not be published. Required fields are marked *