बर्दियामा एक सातामा दुई पाटे बाघ मृत फेला

बर्दिया । बर्दियाको मधुवन नगरपालिका-६ स्थित कालिका सामुदायिक वन र ग्रामीण महिला सामुदायिक वनको सिमानामा आज एउटा वयस्क पाटे बाघ मृत अवस्थामा फेला परेको छ।

जिल्ला वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले पाटे बाघ मृत अवस्थामा भेटिएको जानकारी दिए ।

सूचना अधिकारी शर्माका अनुसार प्रारम्भिक अनुसन्धानबाट पाटे बाघ एक आपसमा जुधेर मरेको हुनसक्ने अनुमान गरिएको छ ।

एक साता अघि गत सोमबार मात्र मधुवन नगरपालिका वार्ड नम्बर २ मा रहेको जनजागृति सामुदायिक वनमा पाटेबाघ मृत फेला परेको थियो। यो सगै बर्दियाको मधुवन नगरपालिकामा एकै साता दुईवटा पाटेबाघ मृत फेला परेका हुन्।

बर्दियामा एक सातामा दुई पाटे बाघ मृत फेला

मेयर कप रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

बर्दियामा एक सातामा दुई पाटे बाघ मृत फेला

कुलबहादुर-तुलि स्मृति पुरस्कार वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *