मेयर कप रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

दिलिप ढकाल
सुर्खेत ।
पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकामा चौथो मेयर कप तथा रास्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गुर्भाकोट नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा गत चैत्र ११ गतेबाट सुरु भएको मेयर कप तथा रास्ट्रपति रनिङ्ग सिल्ड खेलकुद प्रतियोगिता आज (शनिवार) सम्पन्न भएको हो । गुर्भाकोट नगरपालिका वडा नम्बर ८ मा रहेको सूर्यज्योति माबीको खेल मैदानमा सम्पन्न भएको खेलमा माबी तहका १५ वटा बिद्यालय मध्ये १३ वटा बिद्यालय सह्हभागी भएको शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत पदम बिक ले जानकारी दिए चौथो मेयर कप तथा रास्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा ७ स्वणर्, ३ रजत र ४ कास्य जनसेवा माबि साहारे प्रथम भएको छ । जना सेवा माविले लगातार तेस्रो पटक मेयर कप जितेको हो ।
त्यस्तै गरि ४ स्वणर् १ रजत र १ कास्य सहित जनज्ञान भण्डार मा बि कोटखोला मालारानी दोस्रो भएको छ । यस्तै ३ स्वणर् २ रजत र २ कास्य सहित आनन्द माबि गुमी तेस्रो भएको छ । गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले खेलकुद कार्यक्रमको समापन गरेका थिए भने समापन कार्यक्रममा गुर्भाकोट नगरपालिकाक प्रमुख प्रसासकिय अधिकृत टेक बहादुर खत्री वडा अध्यक्षहरु लगायत बिद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । चौथो मेयर कप तथा रास्ट्रपति रनिङ्ग सिल्ड खेलकुद प्रतियोगिता सब्य र भब्य उत्साहजनक रुपमा सम्पन भएको गुर्भाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत पदम बिकले जानकारी दिए ।





