कांग्रेसका ६ जना माओबादीमा प्रवेश

प्रचण्ड खत्री
रुकुमपश्चिम ।
रुकुमपश्चिमको बाफिकोट गाउँपालिकामा ६ जनाले नेपाली कांग्रेस परित्याग गरी माओबादी केन्द्रमा प्रवेश गरेका छन । नेपाली कांग्रेसका क्रियासिल सदस्यहरु बिरेन्द्र परियार , चन्द्रबहादुर सुनुवार , हरिराज सुनुवार, मानबिर सिह दमाई माओवादीमा प्रवेश गरेको वाईसियलका बाफिकोट गाउँपालिका ईन्चार्ज सौरप केसीले बताए ।
त्यस्तै कल्पना बिक , जिबन केसीले पनि माओवादीमा प्रवेश गरेका छन । उनीहरुलाई नेकपा माओबादीका केन्द्रिय सदस्य तथा रुकुम पशिम डोल्पा कमान ईन्चार्ज राजकुमार शर्माले अबिर र दोसल्लाले सम्मान गरेका हुन् ।





